बाँपीझ्यााला, काठमाण्डौं । नेपालमा आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न मिल्ने मेसिन भित्रिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरले आधा सेकेन्डमै सिटी स्क्यान गर्न सकिने सिटी स्क्यान गर्ने मेसिन ल्याएको हो । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न सकिने मेसिन नेपालमै मनमोहन अस्पतालले मात्र ल्याउन सफल भएको दाबी गरे ।
कार्यकारी निर्देशक डा। श्रेष्ठले उक्त मेसिन बिरामीका लागि धेरै फाइदाजनक भएको बताए। उनका अनुसार मनमोहन अस्पतालले नेपालमै पहिलो पटक कार्डियो भास्कुलर हाइब्रिड थिएटर पनि ल्याएको छ । उनले कार्डियो भास्कुलर हाइब्रिड थिएटर अत्यधिक गुणस्तरीय रहेको भन्दै उक्त अपरेसन थिएटर नेपालमा पहिलो पटक ल्याउन सकेको बताए । अन्य सरकारी तथा निजी अस्पतालमा उक्त अपरेसन थिएटर नभएको उनको भनाइ छ ।
श्रेष्ठले मुटुको शल्यक्रिया र क्याथ ल्याब उपचार एकसाथ गर्न सक्ने अत्याधुनिक उपकरण ‘कार्डियो भास्कुलर हाइब्रिड थिएटर’का लागि नेपालीले भारतमा गएर १५÷२० लाख खर्चने गरेको भन्दै नेपालमा भारतमा भन्दा सस्तो मूल्यमा उक्त सेवा दिने बताए । उनले कार्डियो भास्कुलर हाइब्रिड थिएटरबाट एक महिनामा २५ बिरामीले सेवा लिइसकेको जानकारी दिए ।
यो खबर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij