नेपाल सम्वत् ११४६, यंलाथ्वः ४, चौथी (३० भाद्र २०८३, १५ सेप्टेम्वर, २०२६) मंगलबार, बाँपिझ्याला । ऋषि पञ्चमीको अवसरमा काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि व्रतालु महिलाको भीड लागेको छ।
भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी पर्वमा सनातनकालदेखि नै टेकुको ऋषेश्वर मन्दिरमा भक्तजनको भीड लाग्दै आएको छ। पर्वका अवसरमा बिहानैदेखि व्रतालु महिला तथा श्रद्धालुहरू मन्दिरमा पुगेर पूजा–आराधना गरिरहेका छन्।
ऋषि पञ्चमीका दिन महिलाले बिहानै उठेर नित्यकर्म पूरा गरी तीज व्रतको पारायण गर्ने परम्परा छ। त्यसपछि नजिकका नदी, खोला, ताल, तलैया वा पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने तथा गाईको गोबर, माटो र खरानी लगाएर स्नान गर्ने धार्मिक प्रचलन रहेको छ।
ऋषि पञ्चमीमा सप्तऋषिको पूजा तथा आराधना गरी वर्षभरि जानेर वा नजानेर भएका दोष तथा त्रुटिबाट मुक्त हुने धार्मिक विश्वास रहिआएको छ। विशेषगरी महिलाहरूले पवित्र स्नान गरी सप्तऋषिको पूजा गर्ने र परिवारको सुख, शान्ति तथा समृद्धिको कामना गर्ने गर्दछन्।
यस वर्ष चौथी तिथि तीज व्रतको भोलिपल्ट नै ऋषि पञ्चमी पर्व परेको छ। त्यसैले तीज व्रतको पारायण सकेपछि पञ्चमी स्नानलगायत धार्मिक कर्म गर्नुपर्ने धर्मशास्त्रीहरूको मत रहेको छ।
ऋषि पञ्चमीका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न ऋषेश्वर तथा अन्य धार्मिक स्थलमा पनि बिहानैदेखि श्रद्धालुको चहलपहल बढेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij