Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

एकै दिन तोलामा ७ हजार २०० रुपैयाँ बढ्यो सुन, प्रतितोला मूल्य २ लाख ९० हजार ७०० पुग्यो

एकै दिन तोलामा ७ हजार २०० रुपैयाँ बढ्यो सुन, प्रतितोला मूल्य २ लाख ९० हजार ७०० पुग्यो

नेपाल सम्वत् ११४६, तछलागाः ३ तृर्तिया (१९ अषाढ, २०८३, ०३ जुलाई, २०२६) बिहीबार, बाँपिझ्याला । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा बढेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्वदेशी बजारमा पनि परेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ७ हजार २०० रुपैयाँले बढी हो।

बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि पनि सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको थियो।

चाँदीको मूल्य पनि शुक्रबार बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार यसको मूल्य प्रतितोला ४ हजार ४५० रुपैयाँ रहेको थियो। यसअनुसार चाँदीको मूल्य एकै दिन प्रतितोला १६५ रुपैयाँले वृद्धि भएको हो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस ४ हजार १७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। विश्व बजारमा मूल्य वृद्धि भएसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्।

 
 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार