Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

रणवीर सिंहको ‘धुरन्धरः द रिभेन्ज’को बक्स अफिसमा आँधी, नयाँ कीर्तिमान कायम

रणवीर सिंहको ‘धुरन्धरः द रिभेन्ज’को बक्स अफिसमा आँधी, नयाँ कीर्तिमान कायम

नेपाल सम्वत् ११४६, चौलाथ्वः १३ तृर्तिया (१७ चैत्र, २०८२, ३१ मार्च, २०२६) मंगलबार, बाँपिझ्याला । रणवीर सिंहअभिनीत ‘धुरन्धरः द रिभेन्ज’ ले बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गरेको छ। रिलिज भएको मात्र ११ दिनमै फिल्मले विश्वव्यापी रूपमा १३५० करोड भारु कमाउँदै बलिउड इतिहासकै तेस्रो सबैभन्दा धेरै कमाउने फिल्म बन्न सफल भएको छ।
 
भारतभित्र मात्रै ८४६.८७ करोड रुपैयाँ सङ्कलन गरेको यस फिल्मको दोस्रो हप्तामा पनि कमाइको गति अत्यन्तै बलियो देखिएको छ।

मार्च २९ मा फिल्मले ६८.१० करोड र मार्च २८ मा ६२.८५ करोड कमाउँदै निरन्तर उच्च व्यापार गरिरहेको छ। यही रफ्तार कायम रहेमा यसले आफ्नै अघिल्लो भाग "धुरन्धर" को १४२८ करोडको रेकर्ड चाँडै तोड्ने अनुमान गरिएको छ।

फिल्मले ‘आरआरआर’ र ‘केजीएफ च्याप्टर २’ जस्ता ठूला फिल्मका रेकर्ड पार गरिसकेको भए पनि अझै ‘पुष्पा २’ र ‘बाहुबली २’ भन्दा पछि रहेको छ। विश्वव्यापी कमाइका आधारमा भने ‘दंगल’लेअझै शीर्ष स्थानमा कायम छ।

यसैबीच निर्देशक आदित्य धरको लगातार दुई फिल्मबाट १००० करोडभन्दा बढी व्यापार गर्ने कीर्तिमान बनाएका छन्। यसअघि यस्तो उपलब्धि एसएस राजामौलीले ‘बाहुबली’ र ‘बाहुबली २’ मार्फत यो सफलता हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार