Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

धुरन्धर २ ले बनायो बलिउड इतिहासकै सबैभन्दा ठूलो ओपनिङ कलेक्सन

धुरन्धर २ ले बनायो बलिउड इतिहासकै सबैभन्दा ठूलो ओपनिङ कलेक्सन

नेपाल सम्वत् ११४६, चौलाथ्वः २ द्वितिया (६ चैत्र, २०८२, २० मार्च, २०२६) शुक्रबार, बाँपिझ्याला । बलिउडमा नयाँ कीर्तिमान कायम भएको छ। धुरन्धर–२ ले रिलिजको पहिलो दिनमै आफ्नो प्रदर्शनले ऐतिहासिक सफलता हासिल गरेको छ।

भारतभर २१,७२८ शोबाट रिलिज भएको यस फिल्मले पहिलो दिन १०० करोड भारतीय रुपैयाँभन्दा बढी बक्सअफिस कलेक्सन गर्दै बलिउड इतिहासकै सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्मको रूपमा नयाँ रेकर्ड कायम गरेको जनाइएको छ।

सेतोपाटीका रिपोर्ट अनुसार फिल्मले रिलिजको पहिलो दिन नै एक सय करोडभन्दा बढी आम्दानी गरेर बलिउडको सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्मको रूपमा इतिहासमा आफ्नो नाम लेखाएको छ।

अन्य स्थानीय रिपोर्टले धुरन्धर २ पहिलो दिनको कुल कमाइ लगभग १३८.५ करोड नजिक पुगेको उल्लेख गरेको छ, जसले यसलाई भारतीय सिनेमा इतिहासकै चौथो सबैभन्दा बढी कमाई गर्ने पहिलो दिनको फिल्म बनाएको छ। यसले केही सुपरस्टारहरूका चर्चित फिल्महरूलाई पनि पछाडि पारिदिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार