नेपाल सम्वत् ११४५, दिल्लाथ्वः ६, षष्ठी, (१७ अषाढ, २०८२, २६ जुन, २०२५) मंगलबार, बाँपीझ्याला । मोडल अञ्जना पुनले फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन्।
एक दशकदेखि मोडलिङमा सक्रिय अञ्जनाले फिल्म 'यानी माया' मा मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी हुन्। यो फिल्म अभिनेता पल शाहले आफ्नो ब्यानर 'पल शाह फिल्मस्' मार्फत निर्माण गर्न लागेको पहिलो प्रोजेक्ट हो।
अञ्जनाले 'मिस मगर हङकङ २०१४' र 'मिस हङकङ नेपाल २०२३' जस्ता उपाधिहरू जितेकी छिन्। सन् २०२४ को 'मिस नेपाल' प्रतियोगितामा उनले 'मिस रियल पपुलर च्वाइस' र 'मिस डिलाइटफुल हेप्पी इन्टेलिजेन्स' अवार्ड प्राप्त गरेकी थिइन्।
उनले 'बधाई तिमीलाई', 'नछोएरै जोबन काटियो', 'मायालाई पानको पात', '१००% सही हो', 'आँखैले बोलन' जस्ता गीतहरूमा मोडलिङ गरेकी छन्। यीमध्ये 'मायालाई पानको पात' सर्वाधिक हिट गीत हो। धेरै गीतमा अञ्जनाले पल शाहसँगै काम गरेकी छन्।
विकास सुवेदीको लेखन तथा निर्देशन रहने यो फिल्ममा अन्तरपुस्ता द्वन्द्व, आधुनिकता र परम्पराको दोलन, सहरी जीवन र प्रकृतिको संघर्ष जस्ता विषयहरूलाई समेटिने जनाइएको छ। साउन महिनामा छायांकनमा जाने फिल्मका लागि बागलुङको ढोरपाटन र हङकङका रमणीय दृश्यहरू छनोट गरिएका छन्।
यस फिल्मका निर्माताहरूमा पल शाहसँगै चन्द्रज्योति आले पनि छिन्। यो पलको निर्माणका हिसाबले पहिलो फिल्म हो भने विकासको पनि पहिलो निर्देशन हुनेछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij