उसले हातमा लिएको सुनको गुलाफमा अत्तर थप्यो। उनको कपालमा सिउँरिदै कानमा फुस्फुसायो – आहा! तिम्रो कोमल वदन , मादक नयन, लत्रेका कपाल , हेर त कति सुहाउँदो …. ! यो एकलास जङ्गलको मनमोहक वातावरण , संसारकै सुन्दर तिमी, अरु के उपहार दिऊँ ?“
भो लाख भयो । उनको मुहारमा चन्द्रमा चिहाए।
“ अनि मलाई चाहिँ उपहार दिन्नौ ? “ उसले लालच फुकायो।
“दिन्छु नि! माया, प्रेम, विस्वास अनि पलपल साथ।“ उनी पुलकित हुँदै बोलिन्।
“मात्रै ?“ उसले ठट्यौली पाराले बोल्यो ।
“अनि । मसँग त अरू के नै छ र ? “ निरीहता पोखिन् ।
तिमीसँग नै छ ,एकदम सहज तर बहुमुल्य कुरा ! उसले अलि जोड दियो ।
उनले आफूसँग भएको दिन मिल्ने जति सबै चिज उल्लेख गरी तर उसले प्रत्येकलाई इन्कार गर्यो।
उनले गम्भीर हुँदै उसलाई आँखा बन्द गर्न अनुरोध गरिन् । ऊ मख्ख पर्दै अझ निकट भयो ।
केही समय पछि उसलाई आँखा खोल्न सङ्केत गरी ।
उसका हत्तपत्त खुलेका आँखामा लालच देखियो ।उपहार हडप्न खोजेका उसका हात झड्कारिए। ऊ चिच्यायो – यो कस्तो उपहार ! तिमिले मुटु झिकेर दिएको ?
“एउटा सानो ईच्छा पूरा गर्न नसक्ने! तिम्रो सय ग्रामको मुटु के गरुँ ? भो चाहिएन मलाई तिम्रो प्रेम !“ ऊ जुरुक्क उठेर हिँड्न खोज्यो ।
मेरो प्रेमको उपहार नलत्याऊ , आऊ ग्रहण गर … उनको अनुनय विनय हावाको झोक्कासँगै कावा
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij