Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

दोलखा भीमेश्वरको ५ लाख ७५ हजार ९ सय १७ रुपैया भेटी संकलन सार्वजनिक

दोलखा भीमेश्वरको ५ लाख ७५ हजार ९ सय १७ रुपैया भेटी संकलन सार्वजनिक

नेपाल सम्वत् ११४५, थिलाथ्वः ५, पञ्चमी, (२१ मंसिर, २०८१, ६ डिसेम्वर, २०२४) शुक्रवार, बाँपिझ्याला, दोलखा । आज दोलखा भीमेश्वरमा भेटी बाकस खोली रकम गन्ने काम सम्पन्न भएको छ ।

यसरी संकलन भएको भेटी ५ लाख ७५ हजार ९ सय १७ रुपैया भेटी संकलन सार्वजनिक गरिएको छ ।

यही कार्तिक २६ गतेदेखि मंसिर २१ गतेसम्म दोलखा भीमेश्वरमा भक्तजनहरुबाट प्राप्त भेटी संकलन भएको रकम सार्वजनिक गरिएको छ भनी भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठले बताउनु भयो ।

दोलखा भीमेश्वरमा भक्तजन श्रद्धालु महानुभावहरुबाट प्राप्त सहयोग, भेटी, बलिपूजा, रुद्री पूजा लगायतका पूजाहरुबाट प्राप्त सहयोग शुल्क, दान दक्षिणा लगायत प्राप्त आम्दानी महिना महिनामा चन्दा बाकस खोली रकम गणना गरी सार्वजनिक गर्दे आएका छ भनी व्यवस्थापन समितीका कोषाध्यक्ष शुरेस श्रेष्ठले बताउनु भयो ।

यसरी भेटी संकलन गणना गर्दा सम्वन्धीत निकायका प्रतिनिधीहरुको रोहवरमा गणना गर्ने गरिएको समेत कोषाध्यक्ष श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार