Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

कर्पोरेट ग्राहकलाई टेलिकमको नयाँ अफर, बेसिक तथा प्रिमियम प्याकेजहरु खरिद गर्न सक्ने

कर्पोरेट ग्राहकलाई टेलिकमको नयाँ अफर, बेसिक तथा प्रिमियम प्याकेजहरु खरिद गर्न सक्ने

नेपाल सम्वत् ११४५, कछलाथ्वः ५ (२१ कार्तिक, २०८१) ६ नोभेम्वर, २०२४, बुधवार, बाँपीझ्याला । नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुको मागलाई ध्यानमा राखी मल्टीपल टिभी जडान गर्ने व्यवस्था गरेको छ । कम्पनीले यस अन्तर्गत ४ वटा वा सो भन्दा बढी टिभी जडान गर्ने कर्पोरेट ग्राहकहरुले सहुलियत दरमा बेसिक तथा प्रिमियम प्याकेजहरु खरिद गर्न सक्नेछन् ।

४ देखि १० वटा टिभी जडान गर्ने ग्राहकहरुले प्रति सेट टप बक्स २ हजार ९ सय अठ्तीस रुपैयाँमा १ वर्ष वारेन्टी सहित खरिद गर्न सक्नेछन् । यस्तै ११ वटा भन्दा बढी टिभी जडान गर्ने ग्राहकहरुले प्रति सेट टप बक्स २ हजार ८ सय पच्चीस रुपैयाँमा १ वर्ष वारेन्टी सहित खरिद गर्न सक्नेछन् ।

यस सेवा सम्बन्धी आवश्यक जानकारीका लागि १९८ कल गरेर वा नजिकैको कम्पनीको कार्यालयहरुमा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार