Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

चिनियाँ सरकारले चीनको ताइवान क्षेत्रमा अमेरिकी हतियार बिक्रीबारे कडा विरोध

चिनियाँ सरकारले चीनको ताइवान क्षेत्रमा अमेरिकी हतियार बिक्रीबारे कडा विरोध

१७ फागुण, बाँपिझ्याला, काठमाण्डौं । चिनियाँ सरकारका प्रवक्ताले चीनको ताइवान क्षेत्रमा अमेरिकी हतियार बिक्रीबारे कडा विरोध गरेका छन् । राज्य परिषद्को ताइवान मामिला कार्यालयका प्रवक्ता झु फेङ्ग्लियनले बुधबार अमेरिकी पक्षलाई ‘एक चीन सिद्धान्त’ र ‘तीन चीन–अमेरिका संयुक्त विज्ञप्ति’ नीतिको कडाइका साथ पालना गर्न आग्रह गरेका छन् ।

अमेरिकासँग ताइवानलाई तुरुन्तै हतियार बिक्री रोक्नसमेत उनले आग्रह गरेका छन् । ताइवानलाई करिब ७५ मिलियन अमेरिकी डलरको हतियार बेच्न अमेरिकी सरकारले हालै दिएको स्वीकृतिबारे प्रतिक्रिया दिँदै उनले यस्तो टिप्पणी गरेका हुन् ।

प्रवक्ता झुले ताइवानमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीका अधिकारीहरूलाई उनीहरूको ‘स्वतन्त्रता’ एजेन्डाका लागि अमेरिकी समर्थन खोज्ने र बलद्वारा ‘स्वतन्त्रता’ पछ्याउने प्रयासले ताइवानलाई खतरनाक रूपमा युद्धको नजिक लैजाने र ताइवानका जनतालाई खतरामा पार्न सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार