बाँपीझ्याला, काठमाण्डौं । चितवन राष्ट्रिय निकुञ्ज गैंडाका लागि उपयुक्त वातावरण भएको क्षेत्र मानिन्छ। कोसी टप्पु वन्यजन्तु आरक्ष अर्नाका लागि प्रसिद्ध छ। ती स्थानमा नै जन्मे, हुर्के र बढेकाले तिनीहरूको संरक्षण गरिएको छ। यस्तै शुक्लाफाँटा बारसिंगेका लागि उपयुक्त स्थान हो। तर, पछिल्लो समय एक स्थानका वन्यजन्तुलाई अर्को स्थान सारिने क्रम बढेको छ। तर, ती प्रयास प्रायः असफल देखिन्छन्।
विगत ३६ वर्षको अन्तरालमा चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २ वटा गैंडा लगियो। अहिले त्यहाँ ३८ वटा मात्रै छन्। २०५८ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार र २०७३ मा १० वटा गरी १४ गैंडा सारियो। अहिले बल्ल बढेर १७ मात्रै छ। बर्दियामा बढ्नुको सट्टा उल्टै घट्यो र शुक्लाफाँटामा खासै बढ्न सकेन।
यस्तै शुक्लाफाँटाबाट ल्याइएको बारसिंगे चारवटा र साथै कोसीटप्पुबाट ल्याएको १२ र चिडियाखानाबाट ल्याएको ३ गरेर १५ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा मरे। उनीहरूलाई त्यो स्थान उपयुक्त भएन। स्थानान्तरणपछि वन्यजन्तुको संख्यामा प्रगति नभएको घटनाक्रमले देखाइरहँदा अहिले चितवन राष्ट्रिय निकुञ्जबाट दुइटा गैंडा कोसी टप्पु वन्यजन्तु आरक्ष लैजाने तयारी गरिएको छ।
माउबाट अलग भएका गैंडाका बच्चा पुष्पा र अञ्जलीलाई स्थानान्तरणको तयारी भइरहँदा संरक्षणकर्मीले नेपालमा वन्यजन्तु स्थानान्तरण सफल नभएको दाबी गरेका छन्। वन्यजन्तु अन्यत्र सार्न उपयुक्त नभएको भन्दै स्थानान्तरणप्रति असन्तुष्टि पोखेका छन्।
उचित अध्ययन र छलफल नगरी भएको स्थानान्तरण सफल नभएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रित यादव बताउँछन्। उनी अहिले गैंडा सार्न नहुने पक्षमा छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij