
बाँपीझ्याला, काठमाण्डौं । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारले लक्ष्यको ११ प्रतिशत राजस्व उठाएको छ । सरकारले साउन र भदौमा कुल लक्ष्यको १० दशमलव ८१ प्रतिशत राजस्व उठाएको हो । यस अवधिमा १ खर्ब ५९ अर्ब ३१ करोड १० लाख ५९ हजार राजस्व उठाउन सरकार सफल भएको छ ।
दुई महिनामा खर्च भने ८ प्रतिशतको हाराहारीमा गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार कुल राजस्वमध्ये सरकारले चालू आवमा १ खर्ब ४५ अर्ब ८३ करोड २६ लाख राजस्व कर उठाएको हो । सरकारले यस आवमा कुल १४ खर्ब २२ अर्ब ५४ लाख १७ हजार राजस्व उठाउने लक्ष्य राखेको छ ।
अर्थ मन्त्रालयका अनुसार कुल उठेको राजस्वमध्ये कर राजस्वबाट १ खर्ब ३२ अर्ब ६० करोड २८ लाख उठेको हो भने गैरराजस्व करबाट १३ अर्ब २२ करोड ९८ लाख उठेको छ ।

यस अवधिमा सरकारले कुनै पनि अनुदान प्राप्त गर्न सकेको छैन । सरकारले बजेटमार्फत ४९ अर्ब ९४ करोड ३० लाख अनुदान प्राप्त गर्ने अपेक्षा गरेको थियो । तर, अपेक्षा नै नगरेको अन्य शीर्षकबाट १३ अर्ब २७ करोड ३३ लाख राजस्व उठेको छ ।
गत वर्षको दुई महिनामा १ दशमलव ६४ प्रतिशत पुँजीगत खर्च गरेको सरकारले चालू आवमा भने २ दशमलव ८१ प्रतिशत पुर्याएको छ । गत वर्ष ६ अर्ब २२ करोड ६६ लाख पुँजीगत खर्च गरेकामा यस वर्ष ८ अर्ब ४९ करोड ५२ लाख पुँजीगत खर्च गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij