Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

काठका भाँडाको सुरक्षा कसरी गर्ने ?

काठका भाँडाको सुरक्षा कसरी गर्ने ?

धेरै मानिस आफ्नो भान्सामा काठको भाँडाहरु पनि प्रयोग गर्दछन् । खासगरी कतिपय भाँडा त्यस्ता हुन्छन् जसका लागि काठको भाँडाको आवश्यकता पर्दछ ।

तर काठको भाँडाहरुलाई विशेष ख्याल राख्न पनि जरुरी हुन्छ । नत्र ती भाँडा खराब हुन थाल्छन् । यहाँ दिइएका केही टिप्सको सहयोगमा तपाईं पनि आफ्नो घरमा भएका काठका भाँडाको सुरक्षा गर्न सक्नुहुन्छ ।

– काठका भाँडाहरुलाई कहिल्यै पनि तातो भाँडोमा राखेर नछोड्नुहोस् । खाना पस्कीएपछि वा खानालाई चलाएपछि काठको भाँडोलाई सधै बाहिर राख्ने गर्नुहोस् ।

– काठका भाँडालाई कहिल्यै पनि ग्यासको नजिक नराख्नुहोस्, नत्र जलेर खराब हुन सक्छ । यस्ता भाँडालाई ग्यासको नजिक राख्नबाट जोगाउनुपर्छ ।

– त्यस्तै काठका भाँडालाई लामो समय पानी भिजाएर पनि राख्नु हुँदैन । यसो गर्नाले भाडा खराब हुने तथा गल्ने सम्भावना हुन्छ ।

– काठका भाँडाहरुलाई सधैं धोएर घाममा सुकाउनुहोस् । भाडाँहरु सुकिसकेपछि थोरै तेल लगाउनुहोस् । यसरी राख्दा काठ खराब हुँदैन ।

– त्यस्तै काठका भाँडालाई पटक पटक पानीमा भिजाइरहनु पनि हुँदैन । तपाईं यसलाई स्प्रेर तथा सुक्का कपडाले पनि सफा गर्न सक्नुहुन्छ ।

-काठका भाँडाहरुलाई सफा राख्नका लागि घरमै बनाएको स्प्रेरको प्रयोग गर्नुहोस् । जसलाई भाँडामा छर्कनुहोस् र सफा कपडाले पुछ्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार