Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

रहस्यमय चप्पल !

रहस्यमय चप्पल !

हिरा थामी

चप्पलले मलाई लगायो कि
मैले चप्पललाई लगाएँ
आजसम्म छुट्याउन सकेकै छैन
म बाटो हिडने यात्री हुँ

गन्तव्य कसैको निश्चित छैन
भन्दै गर्दा म अचम्मित छु
तिमी आफै भन चप्पल
तिमीले मेरो वजन बोक्यो कि

मेरो नोट बोक्यो अझै एकिन भएकै छैन
तिमीले मलाई बोक्यौ कि
मेरो नोटलाई बोक्यौ
अचानक झस्किदो मन

तिमीलाई मैले खियाएँ कि,
तिमीले नै मलाई खियायो,
त्यसको भर्पाई मैले बुझेकै छैन,
च्यातिनु र रगडिनुमा तिमी नै,

दोषी कि लगाउने दोषी,
त्यसको लेखाजोखा भएकै छैन
चप्पल तिमी आफैं भन,
तिम्रो मूल्य र अस्तित्व कति हो ?

उ माथिल्लोले लगाउने र उ तल्लोले लगाउने
चप्पलमा तिम्रो भाउ कति हो ?
तिमीले मलाई लगायौ कि
मैले तिमीलाई लगाए अझै बुझेकै छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार