Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

बाँपीझ्याला–द्वाल्खा टेलीभिजन तपाईहरुको माझमा, आजबाट युव ट्युवबाट आफ्नो परिक्षण प्रशारण शुरु (भिडियो सहीत– साथमा समाजसेवी सकुना श्रेष्ठ मलेकु)

बाँपीझ्याला–द्वाल्खा टेलीभिजन तपाईहरुको माझमा, आजबाट युव ट्युवबाट आफ्नो परिक्षण प्रशारण शुरु (भिडियो सहीत– साथमा समाजसेवी सकुना श्रेष्ठ मलेकु)



बाँपीझ्याला, दोलखा । समयको पावन्दी संगै २०५६ साल बैशाख महिनाबाट दोलखा नेपाल (नेवार) भाषाको संरक्षण, दोलखाको सँस्कृती, परम्पर, चाडपर्व र जात्रामात्रालाई निरन्तता दिन सहयोग गर्ने अभिप्रायःले बाँपीझ्याला लछिपती नामबाट दुईपेजको पत्रिका प्रकाशनमा ल्याएको हो ।

https://www.youtube.com/embed/aLYEX1vGeY0

समय परिवर्तन सँगै यस पत्रिकाले पनी आफ्नो काचुली फेर्दै नेपाली म्यागजिन स्तरमा प्रकाशन गर्न सफल भई कहिले उकालो कहिले ओरालो हुर्दै आजभन्दा दुई बर्ष अगाडी बाँपीझ्याला डटकम अनलाईन पत्रिका २०७७ असोज १ गतेबाट प्रकाशन गर्न सफल भएको छ ।

यसै गरी आजदेखि तपाईहरुको बिचमा “बाँपीझ्याला द्वाल्खा टेलिभिजन” नामबाट युव ट्युव मार्फत प्रसारण शुरु गरेका छौं ।

बाँपीझ्याला मिडियाको पहिलो प्रकाशन दुई पाने पत्रीकादेखि म्यागाजिनसम्मको यात्रा

यो प्राचिन शहर दोलखा भित्रको विशेषतः नेवारी भाषा, संस्कृती परम्परा, मठ–मन्दिर सम्पदा र जात्रामात्रालाई संचालनमा सहयोग पू¥याउने उद्देश्य र देश भित्र बाहिर बस्ने नेपाली दाजुभाई, दिदीबहीनीहरुको बिचमा प्राचिन एवं पर्यटकिय महत्वको सन्देश पू¥याई आन्तरीक बाह्य पर्यटन प्रबद्र्धनमा सहयोग गरी दोलखा शहरको प्रतिनिधीत्व गर्ने हामीले लक्ष्य राखेका छौं ।

यस अभियानमा सम्पूर्ण दोलखावासी, भीमेश्वर नगरवासी र दोलखा जिल्लावासी अनि शुभचिन्तक नेपाली महानुभावहरुले आ–आफ्नो ठाउँबाट सहयोग गर्न समेत आग्रह गर्दछौं भनी यस पत्रिकाका सम्पादक उपेन्द्र प्रधानले आग्रह सहित विनम्र अनुरोध गरिएको छ । यसै गरी हामीले प्रस्तुतीकरण गर्न खोजेका छौं । यसबारेमा केही कमि कमजोरी भएमा सकारात्मक सुझावको आशा गरिएको समेत सम्पादक प्रधानले बताउनु भयो ।

यसै गरी यहाँसम्म पुग्न सहयोग गर्नु हुने विशेषतः दोलखावासी दाजुभाई, दिदीबहीनी र नेपाली शुभचिन्तक महानुभावहरुको सहयोग प्राप्त सँ–सँगै यस पत्रिकाले फेरी अर्को नयाँ आयाम थप्ने प्रयास स्वरुप अव तपाईहरुको माझमा “बाँपीझ्याला द्वाल्खा टेलिभिजन” सफल भएका छौं ।

यस कार्यको लागि यस बाँपीझ्याला मिडियामा रहेर प्रत्यक्ष, अ्रत्यक्ष रुपमा संलग्न भई सहयोग, सद्भाव राख्नु हुने सम्पूर्ण सल्लाहकार, व्यवस्थापन सहयोगी, सम्पादन सहयोगी, बिज्ञापन सहयोगी, दोलखा भित्र बाहिरका आदरणीय मान्यवर सम्पूर्ण महानुभाव लगायत सम्पूर्ण टिमलाई पुनः एकपटक हार्दिक धन्यवाद सहीत आभार व्यक्त गरिएको छ ।

हरेक सजीव प्राणीहरूको जायजन्म भाले र पोथीजातिबाटको अपरिमेय् सम्बन्धको मिलन विन्दूको कोखबाट हुन्छ । हरेक बनस्पति जगतको पनि जन्म आफ्नै तरिकाबाट भएको हुन्छ । जन्मजगतको कुरा गर्नुपर्दा सबैभन्दा पहिलो सृष्टि जगतमा प्रकृतिको भएको हो र कालान्तरमा जैविक विविधतामा अनेकौं जीवाणुहरूको अनुवंशानुगत प्रक्रियाबाट जीवहरूको सृष्टि भयो र यही प्रक्रियामा मानव जातिको पनि शुरूआत भएको कुरा हामी सबैलाई जानकारी छँदैछ ।

सञ्चारको विकासक्रममा :
प्राकृतिक, भौगोलिक संरचनामा अनेकौ शेष अवशेष रहेका विज्ञानका तत्वहरू र त्यसका महत्वलाई बुझेर, चिन्तन मनन गरेर सही सत्य कुरालाई प्रमाण सहित उजागर गर्ने क्षमतावान् प्राणीको रुपमा नै मानवको सृष्टि गरिएको जस्तो लाग्छ । यसैको माध्यमबाट नै आज मानवले मानवकै अस्तित्व खोतल्दैजाँदा सृष्टिको शिरोबिन्दू पत्ता लगाउन सकेका हुन् भन्दा फरक नपर्ला ।

यसैक्रममा मानवले अमूल्य हीरारत्न, धातु, पत्थर, जल, हावा, आगोको आविष्कार देखि ती कुराबाट हुने लाभ, हानीबारे पनि बुझ्न थाले, क्रमशः विस्तार हुँदैजाँदा एकल प्रयासले मात्र सम्भव नभएपछि साथ सहयोगको आवश्यक्ता पर्ने भो, त्यो साथ सहयोगमा पनि विभिन्न ठाउँमा आवागमन गर्दा भाषाको आवश्यक्ता रह्यो, त्यही क्रममा इशारालाई नै आवाजको माध्यमबाट भाषाको थालनी भयो, जुन स्थान र समय अनि भौगोलिक धरातलको प्रवाहित हावा संगै ठाउँठाउँमा भाषा परिवर्तित हुँदै जाँदा अझ नयाँ नवीन कुराहरूको उजागर गर्नाकालागि कागजको आविष्कार भयो र त्यसमा पहिले चित्रांकित परिभाषाले मानव जातिलाई अझ बढी आकर्षण गर्न थाले र अक्षरको प्रारम्भ भयो ।

यही अक्षरको विकासको क्रम र परिवर्तित २१ औं शताब्दीको अन्त्यमा आउँदा हामीले यो बाँपिझ्याला भनिने शब्दको अक्षर चिन्न सक्यौँ, यही अक्षरको शब्दलाई हामी दोलखावासीले मात्रै जानेर बुझेर भएन भनेर हामीले पनि कागजमै लेखेरै भएपनि बाँपिझ्याला पत्रिकाको रुपमा केही तीता र केही मीठा कुराहरूलाई यहाँहरू सबैको हातहातमा पुर्याउने काम गर्यौं । अनि हिँड्दै जाँदा कति ठाउँमा पाठक अभावको ठेस लाग्यो र कति बेलामा आर्थिक अभावले बोझ बनायो ती कष्ट र अवरोधले केही समय कलमलाई समस्याको बाकसमा थन्क्याउन बाध्य भयौँ ।

तर हामीले हिम्मत हारेनौं, यस पत्रिकालाई दोलखाली धरातलमा जन्माएर बाँपिझ्याला भन्ने नामको न्वारान गराएर बामे सर्दासर्दैको अवस्थामा मनोरोगीको तरिकाले अर्थपेडिक अस्पतालमा राखेको बिना अस्थिपञ्जरको बिरामी सरी राख्न यो दोलखाली मनले मानेन र फेरि पनि अनलाइनको बैशाखी टेकाएर यहाँहरू समक्ष विगत दुईवर्षदेखि एउटा चमकदार अनुहार देखाउने प्रयत्न गरिरहँदा हामी अहिले फेरि अझ नयाँ प्रविधिकै खुट्टा हालेर अक्षर र तस्बीरमात्रै किन र, अब त समयले पनि बोल्ने, चल्ने र हिँड्ने यन्त्र नै बनाइसकेको छ भने हामी किन पछाडि पर्ने त भनेर हामीले यहाँहरू माझ बाँपिझ्याला द्वाल्खा टेलिभिजन दोलखा काठमाडौ लिएर आईरहको छौँ ।

सञ्चार क्षेत्रमा हजारौं हजारको संख्यामा मिडिया छ त्यो आफ्नो ठाउँमा छ त्यो माथी बाँपीझ्याला मिडियाको दोलखा प्रतिको सद्भाव र माया भिन्न छ । यो कुरा हामी सवैले बुझेर माया गरेर अगाडी बढ्न हौसला र प्रेरणा मिल्ने छ भन्नेमा हामी आशावासी छौं । बाँपीझ्याला द्वाल्खा टेलिभिजन संचालन गर्न सम्म यहाँहरुले जुन सहयोग सद्भाव राखेर आउनु भएको छ । यसको लागि पुनः एकचोटी बाँपीझ्याला मिडियाको तर्फबाट हार्दिक आभार सहीत मुरी मुरी धन्यवाद दिन चाहन्छौं ।

यस बाँपीझ्याला द्वाल्खा टेलिभिजनलाई माया गरी शेयर र सस्क्राईभ गर्न हार्दिक अनुरोध गर्दछौं ।

प्रतीक्षाको घडी अब सकेको छ । अव तपाईहरुको माझमा “बाँपीझ्याला द्वाल्खा टेलिभिजन” को पहिलो प्रस्तुतीको बारेमा सल्लाह, सुझाव र सहयोगको अपेक्षा राखेका छौं । यस अभियानमा तपाईहरुले हातेमालो र सहकार्य गर्नु हुन्छ भन्ने आशा एवं विश्वास लिएका छौं । जय द्वाल्खा, जय भीमेश्वर, जय बाँपीझ्याला द्वाल्खा टेलिभिजन ।।।

https://youtu.be/aLYEX1vGeY0

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार