Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

आज चार संसदीय समितिको बैठक बस्दै

आज चार संसदीय समितिको बैठक बस्दै

नेपाल सम्वत् ११४६, यंलाथ्वः ११, एकादशी (६ असोज २०८३, २२ सेप्टेम्वर, २०२६) मंगलबार, बाँपिझ्याला । आज संघीय संसद्का विभिन्न चारवटा संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो।

अर्थ समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल हुनेछ। साथै, उक्त विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान १० बजे बस्नेछ। बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल गरिनेछ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान सवा ११ बजे बस्नेछ। बैठकमा नेपालमा स्वदेशी तथा वैदेशिक एवं निजी तथा सार्वजनिक लगानीको अवस्था, जलवायु परिवर्तनको असर र लगानीको वातावरणमा परेको प्रभावबारे छलफल हुनेछ। साथै, राष्ट्रिय तथा प्रादेशिकस्तरमा आयोजना गरिने लगानी सम्मेलनको व्यवस्थापन तथा उपयुक्त लगानी वातावरण निर्माण गर्न आवश्यक नीतिगत र कानुनी सुधारका विषयमा पनि छलफल गरिनेछ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ। बैठकमा ‘पुस्तकालय नीति’को मस्यौदाका सम्बन्धमा विज्ञहरूसँग छलफल गरिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार