Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

चुनावी हारको नैतिक जिम्मेवारी लिन्छु, तर नेतृत्व छाड्दिनँ : ओली

चुनावी हारको नैतिक जिम्मेवारी लिन्छु, तर नेतृत्व छाड्दिनँ : ओली

नेपाल सम्वत् ११४६, यंलाथ्वः १०, दशमी (५ असोज २०८३, २१ सेप्टेम्वर, २०२६) सोमबार, बाँपिझ्याला ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत फागुनमा भएको निर्वाचनमा पार्टीले व्यहोरेको हारको जिम्मेवारी आफूले स्वीकार गर्ने बताएका छन्।

एमाले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले चुनावी परिणामको जिम्मेवारीबाट आफू नभाग्ने स्पष्ट गरेका छन्। उनले अध्यक्षका रूपमा आफूले नैतिक जवाफदेहिता स्वीकार गर्ने उल्लेख गरेका छन्।

प्रतिवेदनमा ओलीले भनेका छन्, ‘चुनावी परिणामको जिम्मेवारीबाट म भाग्दिनँ। अध्यक्षको रूपमा मेरो नैतिक जवाफदेही म स्वीकार गर्छु।’

तर, जिम्मेवारी स्वीकार गर्नु र नेतृत्वबाट पछि हट्नु एउटै कुरा नभएको उनको तर्क छ। उनले पार्टी संकटमा रहेका बेला नेतृत्व छाडेर भाग्ने नभई संगठनलाई अघि बढाउने जिम्मेवारी आफूले निर्वाह गर्ने बताएका छन्।

‘जिम्मेवारी स्वीकार गर्नु भनेको घाइते शरीर छोडेर भाग्नु होइन, उपचारको अगुवाइ गर्नु हो। चिकित्सकले रोग देखेपछि अस्पताल छोड्दैन। किसानले बालीमा रोग लागेपछि खेत छोड्दैन। नेतृत्वले पनि संकटको वेला संगठनलाई अनिश्चिततामा छोड्दैन,’ ओलीको प्रतिवेदनमा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार