नेपाल सम्वत् ११४६, तछलागाः १० एकादशी (२६ अषाढ, २०८३, १० जुलाई, २०२६) शुक्रबार, बाँपिझ्याला । दक्षिण भारतीय अभिनेता तथा तमिलनाडुका मुख्यमन्त्री थलापति विजय अभिनीत बहुप्रतीक्षित तमिल फिल्म ‘जन नायकन’ अन्ततः केन्द्रीय फिल्म प्रमाणन बोर्ड (सीबीएफसी) बाट सेन्सर पास भएको छ। लामो समयदेखि सेन्सर प्रक्रियामा अड्किएको यो फिल्मले १२ वटा संशोधनपछि ‘ए’ (Adults Only) प्रमाणपत्र प्राप्त गरेको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार सीबीएफसीले फिल्मका केही राजनीतिक रूपमा संवेदनशील संवाद तथा दृश्य परिमार्जन गर्न निर्देशन दिएको थियो। सोहीअनुसार भारतीय राष्ट्रिय झण्डा देखाइएको एउटा दृश्य हटाइएको छ भने ‘अम्बेडकर सट्टम’ शब्दलाई ‘टीभीके सट्टम’ मा परिवर्तन गरिएको छ।
त्यसैगरी केही अपशब्दलाई म्युट वा अन्य शब्दबाट प्रतिस्थापन गरिएको छ। हिंसात्मक दृश्यहरू पनि केही सेकेन्ड छोट्याइएको छ भने टीभीकेको झण्डा देखिएका केही दृश्यसमेत हटाइएको बताइएको छ। यद्यपि, यी संशोधनका कारण फिल्मको कुल अवधि भने उल्लेखनीय रूपमा परिवर्तन नहुने जनाइएको छ।
सेन्सर प्रक्रिया पूरा भएसँगै निर्माण पक्षले अब छिट्टै औपचारिक प्रदर्शन मिति घोषणा गर्ने अपेक्षा गरिएको छ। यसअघि क्यानडास्थित वितरक योर्क सिनेमाजले फिल्म जुलाई २४ मा प्रदर्शन हुने जानकारी सार्वजनिक गरेको थियो।
निर्देशक एच. विनोथ को निर्देशनमा बनेको ‘जन नायकन’ विजयको अभिनय करिअरको अन्तिम फिल्मका रूपमा समेत चर्चा भइरहेको छ। राजनीतिमा सक्रिय भइसकेका विजयका लागि यो फिल्म विशेष महत्वको मानिएको छ। उनी तमिलनाडुको मुख्यमन्त्री बनेपछि रिलिज हुन लागेको यो पहिलो तथा सम्भवतः अन्तिम फिल्म हो।
एक्सन, ड्रामा र सामाजिक विषयवस्तुलाई समेटिएको ‘जन नायकन’मा विजयसँगै अन्य चर्चित कलाकारहरूको पनि दमदार अभिनय रहेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij