Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

३५० करोडमा बिक्यो ‘रामायण’को हिन्दी वितरण अधिकार, बन्यो नयाँ कीर्तिमान

३५० करोडमा बिक्यो ‘रामायण’को हिन्दी वितरण अधिकार, बन्यो नयाँ कीर्तिमान

नेपाल सम्वत् ११४६, तछलागाः ९ नवमी (२५ अषाढ, २०८३, ०९ जुलाई, २०२६) बिहीबार, बाँपिझ्याला । बहुप्रतीक्षित भारतीय फिल्म ‘रामायण’ को हिन्दी संस्करणको वितरण अधिकार ३५० करोड भारतीय रुपैयाँमा बिक्री भएको दाबी गरिएको छ। भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार निर्माता तथा निर्देशक करण जोहरको धर्मा प्रोडक्सन्सले उक्त अधिकार खरिद गरेको हो।

रिपोर्टअनुसार यो सम्झौता भारतीय फिल्म इतिहासकै सबैभन्दा ठूलो थिएटर वितरण सम्झौता मानिएको छ। यसअघि सबैभन्दा ठूलो मानिएको फिल्म **‘किङ’**को वितरण सम्झौताको रेकर्डलाई ‘रामायण’ले करिब १०० करोड भारतीय रुपैयाँले उछिनेको बताइएको छ।

करिब १,५०० करोड भारतीय रुपैयाँको बजेटमा निर्माण भइरहेको ‘रामायण’ यस वर्षकै सबैभन्दा महत्त्वाकांक्षी र बहुप्रतीक्षित भारतीय फिल्ममध्ये एक मानिएको छ। फिल्ममा रणवीर कपूर राम, साई पल्लवी सीता, यश रावण, सन्नी देओल हनुमान तथा रवी दुबे लक्ष्मणको भूमिकामा देखिनेछन्।

फिल्मको निर्देशन नितेश तिवारीले गरेका हुन्। उनले यसअघि ‘दंगल’, ‘छिछोरे’ र ‘बवाल’ जस्ता सफल फिल्म निर्देशन गरिसकेका छन्। निर्माणको जिम्मेवारी नमित मल्होत्राले सम्हालेका छन्। उनी हाल पोस्ट–प्रोडक्सन तथा दृश्य प्रभाव (भिएफएक्स)लाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सक्रिय रूपमा काम गरिरहेको बताइएको छ।

रिपोर्टअनुसार धर्मा प्रोडक्सन्सले ‘रामायण’लाई भारतभर अहिलेसम्मकै सबैभन्दा व्यापक स्तरमा प्रदर्शन गर्ने तयारी गरिरहेको छ। फिल्मको ट्रेलर पनि छिट्टै सार्वजनिक गरिने जनाइएको छ।

‘रामायण’ दुई भागमा प्रदर्शन हुनेछ। पहिलो भाग अक्टोबर ३०, २०२६ (कात्तिक १३) मा दीपावलीको अवसर पारेर विश्वभर रिलिज गरिनेछ भने दोस्रो भाग २०२७ को दीपावलीमा प्रदर्शन गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार