नेपाल सम्वत् ११४६, बछलागाः १२ द्वादसी (३१ बैशाख, २०८३, १४ मे, २०२६) बिहीबार, बाँपिझ्याला । ताप्लेजुङको विकट हिमाली गाउँ घुन्सामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ। लामो समयदेखि इन्टरनेट र टेलिफोन सेवाबाट वञ्चित रहेको यस क्षेत्रमा बुधबारदेखि फोरजी सेवा सुरु भएपछि स्थानीय जीवनमा ठूलो परिवर्तनको अपेक्षा गरिएको छ।
नेपाल टेलिकमले तीन हजार ८५० मिटर उचाइको डाँडामा टावर स्थापना गरी सेवा विस्तार गरेको हो। कठिन मौसम, लगातार वर्षा र हिमपातबीच पनि प्राविधिक कार्य सम्पन्न भएपछि सेवा सञ्चालनमा आएको स्थानीय समाजसेवी मिङ्माडण्डु शेर्पाले जानकारी दिएका छन्।
यो सेवाबाट घुन्सासँगै नजिकैको फले गाउँ पनि लाभान्वित भएको छ। कञ्चनजङ्घा क्षेत्रको प्रवेशद्वार मानिने घुन्सा र आसपासका बस्तीमा अब इन्टरनेटको पहुँचले शिक्षा, स्वास्थ्य, पर्यटन र सूचनाको आदानप्रदान सहज हुने विश्वास गरिएको छ।
स्थानीय जनप्रतिनिधिहरूका अनुसार यो फोरजी सेवाले दुर्गम हिमाली क्षेत्रमा डिजिटल पहुँच विस्तार गर्दै जीवनशैली सुधार र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउनेछ। सडक पहुँचसमेत नपुगेको यस क्षेत्रमा इन्टरनेटलाई अब विकासको नयाँ आधारका रूपमा हेरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij