नेपाल सम्वत् ११४६, बछलागाः ११ एकादशी (३० बैशाख, २०८३, १३ मे, २०२६) बुधबार, बाँपिझ्याला । काठमाडौं महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीबाट आवेदन माग गरिएको छ ।
महानगरपालिकाका अनुसार छात्रवृत्ति परीक्षा प्रणालीमार्फत प्रदान गरिनेछ । इच्छुक विद्यार्थीले काठमाडौं महानगरपालिकाको वेबसाइट वा अनलाइन आवेदन पोर्टल मार्फत आवेदन दिन सक्नेछन् ।
अनलाइन आवेदन जेठ १ गतेदेखि जेठ १० गतेसम्म खुला रहनेछ भने छात्रवृत्ति परीक्षा जेठ १७ गते सञ्चालन हुनेछ ।
परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिने महानगरपालिकाले जनाएको छ ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij