नेपाल सम्वत् ११४६, चिल्लागाः ३, (२२ फागुण, २०८२, ६ मार्च, २०२६) शुक्रबार, बाँपिझ्याला । अहिले देशभर प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ र राष्ट्रिय स्वतन्त्र पार्टी ले अग्रता लिइरहेको छ। यसै अवसरमा अभिनेत्री प्रियंका कार्की ले फेसबुकमार्फत प्रधानमन्त्री सुशीला कार्की लाई बधाई दिदै धन्यवाद दिएकी छिन् ।
प्रियंकाका अनुसार, नयाँ नेतृत्वको तयारीले देश सही मार्गतर्फ अघि बढिरहेको महसुस भइरहेको छ। उनले उल्लेख गरिन् कि यो क्षण प्रधानमन्त्री कार्कीको दृढ नेतृत्वका कारण सम्भव भएको हो।
प्रियंकाले लेखेकी छन्:
“तपाईं केवल देशको प्रधानमन्त्री मात्र होइन, कठिन समयमा देशलाई समेटेर अघि बढाउने देशकी आमा हुनुहुन्छ। आजको यो वातावरण, यो आशा, यो जित, सबै हजुरकै नेतृत्वलाई समर्पित। देश तपाईंप्रति सधैं आभारी रहनेछ।”
अभिनेत्री कार्कीले निर्वाचनअघि नै रास्वपालाई समर्थन गर्दै आएकी थिइन् र मतगणनाको यो समयमा आफ्नो समर्थन र कृतज्ञता व्यक्त गरेकी छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij