नेपाल सम्वत् ११४६, सिल्लागाः ४, चतुर्थी (२२ माघ, २०८२, ५ फ्रेवअरी, २०२६) बिहीबार, बाँपिझ्याला । सुदीप भूपाल सिंह निर्देशित फिल्म ‘श्री बुकुरो द होम कलिङ’ को पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा आशीर्वाद बी क्षेत्री र निकिता आचार्य रोमान्टिक मुडमा देखिएका छन्।
आधिकारिक ट्रेलर सार्वजनिक हुनु अघि निर्माणटिमले पोस्टर ल्याएको हो। पोस्टरले पर्दामा उनीहरूको प्रेमकथा विशेष रूपमा प्रस्तुत हुने संकेत गरेको छ।
यस फिल्ममार्फत निर्देशक सिंहले करिब सात वर्षपछि निर्देशनमा पुनरागमन गरेका हुन्। यसअघि उनले दर्शकमाझ चर्चित फिल्म ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका थिए।
फिल्म रेञ्ज ब्यानरमा निर्माण भएको यो पारिवारिक कथावस्तुमा आधारित सिनेमामा आशीर्वाद र निकितासहित लक्ष्मी गिरी, निकिता आचार्य, प्रतीक राज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मि भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ लगायतको अभिनय रहेको छ।
फिल्मको कथा तथा पटकथा स्वयं निर्देशक सिंहले लेखेका हुन् भने रुबी सेन सिंह निर्माता हुन्। छायांकन सञ्जय लामा र राजेश श्रेष्ठले गरेका छन्। सिनेमाको छायांकन मुस्ताङ, बागलुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौं लगायत विभिन्न स्थानमा गरिएको हो।
फिल्ममा रनजीत गजमेर र बसन्त सापकोटाको संगीत रहेको छ। ट्रेलर आज रिलिज हुँदैछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij