Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

पर्दामा ‘माया’, पछाडि निर्माताको भूमिका निभाएकी बेनिशा

पर्दामा ‘माया’, पछाडि निर्माताको भूमिका निभाएकी बेनिशा

फिल्म निर्माता बन्ने अभिनेत्रीको लहरमा बेनिशा हमाल पनि थपिएकी छिन् । फिल्म ‘द ब्लु लाइट’मा उनी कार्यकारी निर्माता छिन् । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यो फिल्म उनका लागि एउटा प्रोजेक्ट मात्र होइन, मेहनत, लगानी र नयाँ सपनाको परीक्षा पनि हो ।

कलाकार मात्र हुँदा आफ्नो भूमिकामा ध्यान दिए पुग्थ्यो, तर निर्माता बनेपछि जिम्मेवारीको दायरा निकै फराकिलो भएको उनी बताउँछिन् । ‘फिल्मको प्रमोसनदेखि रिलिजसम्मको कामले बिहानदेखि साँझसम्म दौडधुपमै बित्छ’, उनी भन्छिन्, ‘प्रचारप्रसार, बजारीकरण, हलको व्यवस्थापनदेखि आर्थिक पाटोको सन्तुलन मिलाउन निकै दबाब हुँदोरहेछ ।’

फिल्म बनाउनु एउटा कुरा हो भने त्यसलाई प्रदर्शन गर्नु र दर्शकलाई हलसम्म तान्नु अर्को ठुलो चुनौती हो । बेनिशाले यसपटक यो यथार्थलाई नजिकबाट महसुस गरेकी छन् । ‘फिल्म बनाउन जति गाह्रो हुन्छ, त्यो भन्दा धेरै गाह्रो त रिलिज गर्न रहेछ’, उनी अनुभव सुनाउँछिन् ।

अहिलेको राजनीतिक माहोल र चुनावी चर्चाले पनि फिल्मको व्यापारमा प्रभाव पार्ने हो कि भन्ने चिन्ता उनमा छ । कार्यकारी निर्माताको रूपमा उनी आफ्नो अभिनयको लागि मात्र होइन, बरु फिल्मसँग जोडिएका हरेक प्राविधिक र आर्थिक पक्षप्रति उत्तरदायी छिन् । कसैले औँला नउठाओस् र सबै काम पारदर्शी होस् भन्नेमा आफू सचेत रहेको उनी बताउँछिन् ।

बेनिशा फिल्मको कार्यकारी निर्माताको भूमिकामा योजनाबद्ध तवरबाट भन्दा पनि अवसर र स्क्रिप्टप्रतिको विश्वासले जोडिएकी हुन् । फिल्ममा पहिले उनी कलाकारको रूपमा जोडिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार