नेपाल सम्वत् ११४६, सिल्लाथ्व १०, नवमी (१४ माघ, २०८२, २८ जनवरी, २०२६) बुधबार, बाँपिझ्याला । बलिउडबाट एउटा गज्जबको खबर छ १ आदित्य धरको फिल्म ‘धुरन्धर’ ले रिलिज भएको दुई महिना पुग्न लाग्दा पनि बक्स अफिसमा तहल्का मच्चाइरहेको छ ।
यो फिल्मले सुरुवाती ६ हप्तामै कमाइका सबै पुराना रेकर्ड उछिनेको थियो । अहिले आठौँ हप्तामा आइपुग्दा त यसले एउटा यस्तो इतिहास रचेको छ, जुन अहिलेसम्म कुनै पनि हिन्दी फिल्मले गर्न सकेको थिएन ।
यो फिल्म भारतीय बजारमा मात्रै १००० करोड भारु कमाउने चौंथो फिल्म बनेको छ । यसअघि हजार करोड क्लबमा पुग्ने बाँकी तीनवटै फिल्महरू साउथ इन्डियन ९दक्षिण भारतीय० थिए ।
यसरी हेर्दा १००० करोडको आँकडा पार गर्ने ‘धुरन्धर’ नै पहिलो र एकमात्र बलिउड फिल्म बनेको छ । हप्तौँ बितिसक्दा पनि फिल्मको दैनिक कमाइ घटेको छैन, बरु नयाँ(नयाँ रेकर्ड बनाउँदै अघि बढिरहेको छ ।
प्रदर्शनको आठौँ हप्तामा आइपुग्दा पनि यो फिल्मले भारतीय बजारमा राम्रो कमाइ गरिरहेको छ । शनिबार र आइतबार मात्रै यसले २।९ करोड भारु कमायो । गणतन्त्र दिवसको बिदामा फिल्मले थप १।२५ करोड भारु कमायो ।
अहिले यो फिल्मको कुल कमाइ भारतमा मात्रै १००२ करोड भारु पुगेको छ । यसको नेट कलेक्सन भने ८३५ करोड भारु छ । यसअघि कुनै पनि हिन्दी फिल्मले भारतमा गरेको सबैभन्दा धेरै कमाइको रेकर्ड शाहरुख खानको ‘जवान’ को नाममा थियो ९७६० करोड ग्रस० तर ’धुरन्धर’ ले त्यो रेकर्डलाई निकै पछाडि छाडिदिएको छ । भारतमै १००० करोडको ग्रस कलेक्सन गर्ने यो नै पहिलो बलिउड फिल्म बनेको छ ।
छक्कै पार्ने कुरा त के छ भने, ‘धुरन्धर’ को जादु भारतमा मात्र होइन, विदेशमा पनि उत्तिकै चलेको छ । मध्यपूर्वका देशमा प्रतिबन्ध लगाइएको भए तापनि अन्तर्राष्ट्रिय बजारबाट यो फिल्मले ३ करोड ३० लाख अमेरिकी डलरभन्दा बढी कमाइसकेको छ ।
२८ जनवरीसम्मको तथ्याङ्क हेर्ने हो भने, यसको विश्वभरको कुल कमाइ झन्डै १३०० करोड पुग्न लागिसक्यो । आदित्य धरले निर्देशन गरेको यो ‘स्पाइ थ्रिलर’ मा रणवीर सिंह मुख्य भूमिकामा छन् ।
उनीसँगै अक्षय खन्ना, सञ्जय दत्त, आर माधवन र अर्जुन रामपाल जस्ता दिग्गज कलाकारको अभिनय छ । यो फिल्मको कथा अझै बाँकी छ १ यसको सिक्वेल ‘धुरन्धर २’ आउँदो मार्चमा रिलिज हुँदैछ, जसले यो पूरा कथालाई टुङ्ग्याउनेछ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij