Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

‘परान’ले १६ करोडभन्दा धेरै कमाइ गर्न सफल

‘परान’ले १६ करोडभन्दा धेरै कमाइ गर्न सफल

नेपाल सम्वत् ११४६, थिंलाथ्वः ११, एकादशी, (१५ मंसिर, २०८२, ०१ डिसेम्वर, २०२५) सोमबार, बाँपिझ्याला । हरेक सोमबारझैँ आज पनि चलचित्र विकास बोर्डले प्रदर्शनरत चार फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । जसमा नीर शाह स्टारर फिल्म ‘परान’ले घरेलु बक्सअफिसमा १६ करोडभन्दा धेरै कमाइ गर्न सफल भएको देखिन्छ । 

सिनेपाः बक्स अफिसमा पछिल्लो शनिबारसम्मको सार्वजनिक रिपोर्टले ‘परान’ले १६ करोड १६ लाख ७७ हजार ५५८ नेरु ग्रस कलेक्सन गरेको उल्लेख छ । बक्सअफिसमा सार्वजनिक सूचीमा ‘परान’पछि कमाउने फिल्ममा ‘जेरी अनटपु छ । यस फिल्मले अहिलेसम्म १२ करोड २३ लाख ५२ हजार ३१५ ग्रस कलेक्सन गरेको छ । 

त्यस्तै सूचीमा रहेका ‘जारी २’ र ‘मन बिनाको धन’को कमाइ भने क्रमशः ६ करोड १९ लाख ३५ हजार ८५३ र ३ करोड ७४ लाख ९१ हजार ४६१ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार