Oct 10 2026 | २०८३, आश्विन २४ गते

Oct 10 2026 | २०८३, आश्विन २४ गते

शाहरूख खानका छोरा आर्यनको निर्देशनमा डेब्यु

शाहरूख खानका छोरा आर्यनको निर्देशनमा डेब्यु

नेपाल सम्वत् ११४५, गुंलागा ४ चौथी (६ भाद्र, २०८२, २२ अगष्ठ, २०२५) शुक्रबार, बाँपीझ्याला ।  बलिउड सुपरस्टार शाहरूख खानका छोरा आर्यन खानले निर्देशकका रूपमा आफ्नो पहिलो पाइला चालेका छन्।

उनको डेब्यु सिरिज 'द ब्याड्स अफ बलिउड' को बुधबार मुम्बईमा एक भव्य कार्यक्रमबीच को प्रिभ्यू प्रिमियर गरिएको छ। जहाँ शाहरुख खान आफैंले छोराको डेब्यु सिरिजको प्रिभ्यू भिडिओ दर्शकमाझ प्रस्तुत गरे। 

आर्यन खानको लेखन तथा निर्देशन रहेको यो सिरिजको प्रिमियर मिति समेत सार्वजनिक गरिएको छ। सिरिज सेप्टेम्बर १८ (असोज २) मा नेटफ्लिक्समा प्रिमियर हुनेछ।

गौरी खान निर्माता रहेको सिरिज रेड चिलिज इन्टरटेनमेन्टको प्रस्तुतिमा बने को हो।

'द ब्याड्स अफ बलिउड' ले सपनाको सहर बलिउडको भित्री संसार, त्यहाँको प्रतिस्पर्धा, ड्रामा र वास्तविकतालाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गर्ने बताइएको छ।

सिरिजमा लक्ष्य, सहेर बम्बा, बबी देओल, मनोज पाहवा, मोना सिंह र राघव जुयाल जस्ता कलाकारहरूको मुख्य भूमिका छ। प्रिभ्यु भिडिओमा सलमान खान, रणवीर सिंह र करण जोहर जस्ता स्टार कलाकारहरू पनि देखिन्छन्। जसले दर्शकहरूको उत्साहलाई थप बढाएको छ। 

प्रिभ्यूको भ्वाइसओभरमा शाहरूख खानको आवाज सुन्न सकिन्छ। तर उनी सिरिजमा देखिने वा नदेखिने भन्नेबारे जानकारी दिइएको छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार