नेपाल सम्वत् ११४५, गुंलाथ्वः ९ नवमी, (१७ श्रावण, २०८२, २ अगष्ठ, २०२५ शनिवार, बाँपीझ्याला । राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेपछि बलिउड अभिनेता शाहरुख खानले निर्णायक मण्डल, सूचना तथा प्रसारण मन्त्रालय र भारत सरकारलाई धन्यवाद दिएका छन्।
शाहरुखले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा कृतज्ञता व्यक्त गर्दै एउटा भिडिओ सेयर गरेका छन्। भिडिओमा उनी हात ब्यान्डेज गरेको अवस्थामा देखिएका छन्। हालै एक फिल्मको सुटिङमा उनी घाइते भएको खबर आएको थियो।
भिडिओमा शाहरुखले भनेका छन्, ‘राष्ट्रिय चलचित्र पुरस्कार केवल एउटा उपलब्धि होइन। यसले मलाई के सम्झाउँछ भने म जे गर्छु, त्यसको महत्त्व छ। यसले मलाई अगाडि बढ्न, कडा परिश्रम गर्न र सिनेमाको सेवा गरिरहन भन्छ।
यस अवार्डले मलाई अभिनय एउटा काम मात्र नभएर जिम्मेवारी पनि हो भनेर स्मरण गराउँछ। पर्दामा सत्य देखाउनु एउटा जिम्मेवारी हो।’
उनले निर्देशक एटली हित फिल्म 'जवान'को टोलीलाई पनि धन्यवाद दिएका छन्। शुक्रबार भारतमा ७१औँ राष्ट्रिय चलचित्र पुरस्कार २०२३ घोषणा गरिएको थियो।
यसपटक दुई कलाकारले उत्कृष्ट अभिनेताको अवार्ड पाए। 'जवान'का लागि शाहरुख खान र '१२वीं फेल' (१२औँ फेल) का लागि विक्रान्त मेस्सीले उक्त अवार्ड पाएका हुन्। फिचर फिल्म श्रेणीमा हिन्दी फिल्म '१२वीं फेल'ले उत्कृष्ट फिल्मको अवार्ड पायो।
'मिसेस चटर्जी भर्सेस नर्वे'मा बलियो अभिनयका लागि रानी मुखर्जीलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइयो। 'द केरला स्टोरी'का निर्देशक सुदिप्तो सेनले निर्देशनका लागि राष्ट्रिय अवार्ड पाए।
मनोरञ्जनात्मक लोकप्रिय चलचित्रहरूको श्रेणीमा (पूर्ण मनोरञ्जन प्रदान गर्ने सर्वश्रेष्ठ लोकप्रिय चलचित्रको अवार्ड) 'रकी रानी की प्रेम कहानी'ले पुरस्कार पायो, जुन करण जोहरद्वारा निर्देशित हो। यस फिल्मको निर्माता धर्मा प्रोडक्सन प्रालि हो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij