Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, अबिलम्ब कारबाही गर्न माग

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, अबिलम्ब कारबाही गर्न माग

नेपाल सम्वत् ११४५, दिल्लाथ्वः ६, षष्ठी, (१७ अषाढ, २०८२, २६ जुन, २०२५) मंगलबार, बाँपीझ्याला । सामाजिक सञ्जालमा दुर्व्यवहार भोगिरहेका दुई गायिकाले आज गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन् । 

गृह मन्त्रालय पुगेर गायिका एलिना चौहान र समीक्षा अधिकारीले गृहमन्त्री लेखकसँग भेटेर आफुहरुले भोगिरहेको समस्याबारे ध्यानाकर्षण गराएका हुन् ।

पछिल्लो समयमा आफुमाथि सामाजिक सञ्जालबाट हिंसा गर्नेहरूको नाम सार्वजनिक गर्दै आएका गायिकाद्वय चौहान र अधिकारीले भेटघाट गरेर आफ्नो समस्या सुनाएका हुन् ।

गायिक चौहानले सो भेटपछि सामाजिक सञ्जालमा लेखेकी छिन्, म यहाँसम्म तपाईंहरूको माया र साथले आइपुगेकी हुँ। तपाईंहरूको समर्थन नै मेरो आत्मबल हो। तर सबैले सधैं राम्रै सोचुन् भन्ने अपेक्षा गर्न सकिन्न, त्यो स्वाभाविक हो। तर जब कुराहरू व्यक्तिगत जीवनमा आच पुर्‍याउने तहमा पुग्छन्, गालीगलौज र चरित्र हत्या जस्ता कार्यहरू भइरहन्छन्, त्यो सह्य हुँदैन।

जसले यस्ता कुरा गरिरहेका छन्, ती मेरो फ्यान होइनन् ती त मेरो मन दुखाउन चाहने मात्र हुन्। त्यसैले आत्म सम्मानको रक्षा गर्न बाध्य भई मैले कानुनी प्रक्रिया अघि बढाएकी छु। यो कुनै रिस वा घृणाले होइन, आफ्नो अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदम हो ।

यस विषयमा आवश्यक सहयोग प्रदान गर्नु भएकोमा माननीय गृहमन्त्री रमेश लेखकज्यूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहेको चौहानले बताएकी छन् । ुतपाईंहरूको साथ र सद्भावनाले मलाई अझ अघि बढ्ने हिम्मत दिएको छु उनले भनिन् । 

हिजो मात्रै नेपाल प्रहरीको साइबर ब्युरो पुगेर ४ जना “‘हिंस्रक” विरूद्ध उजुरी गरेको जानकारी गराउँदै चौहानले आफ्नो निवेदन अनुसार अबिलम्ब कारबाही गर्न पनि माग गरेकी छिन् । 

उनीहरूले आफ्नो सामाजिक सञ्जालमा आएर जथाभावी लेख्ने, अश्लिल गाली गलौंज गर्नेविरूद्ध पनि कारबाही गर्न माग गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार