
नेपाल सम्वत् ११४५, प्वहेलागाः द्वादसी (१३ माघ, २०८१, २६ जनवरी, २०२५) आईतबार, बाँपीझ्याला । काभ्रे, नालाको ब्रम्ह्मापार्कमा हरियालीले घेरिएको मनमोहक वातावरणमा भुइँमान्छे विशेष कविता वाचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको आयोजनामा वर्तमान कविता समूह र शब्दाङ्कुर मासिकले सहकार्य गरेका थिए।
कार्यक्रमको शुभारम्भमा उपस्थित कविहरूले शब्दाङ्कुर मासिकको छोटा कविता विशेष अङ्क सार्वजनिक गरेका थिए । उद्घोषक कवि विश्व सिग्देलले वर्तमान कविता समूहका साथीहरूको परिचय दिएर यस्ता साहित्यिक गतिविधिले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै आगामी दिनहमा थप कार्यक्रम आयोजना गर्ने योजना रहेको जानकारी दिएर कवितावाचन कार्यक्रम सुरु गरे ।

कार्यक्रमका प्रमुख वक्ता एवं शब्दाङ्कुर मासिकका प्रधान सम्पादक धीरकुमार श्रेष्ठले नेपाली साहित्यको उन्नयनमा यस्ता कार्यक्रमहरूको योगदान महत्त्वपूर्ण रहेको बताए। यो तेस्रो संस्करणको कार्यक्रमअन्तर्गत २६ जना कविले कविता वाचन गरे। वाचन गर्ने कविहरूमा मोहन दुवाल, केशव सिलवाल, भीष्म उप्रेती, हरिहर तिमिल्सिना, पुरूषोत्तम बजगाईं, निर्मला श्रेष्ठ, प्रोल्लास सिन्धुलीय, अभय श्रेष्ठ, रामसुन्दर देउजा, सुमन संगम, शैलेन्द्र साकार, केशव ज्ञवाली, लक्ष्मी थापा, रमेशप्रसाद सागर, नवराज दाहाल, दियेशरत्न शाक्य, सन्तोष पौडेल, शारदा घिमिरे भैल, टेकेन्द्रराज चेम्जोङ, प्रमोद सारङ्ग, चन्द्रबहादुर लामा, छबि श्रेष्ठ, धीरकुमार श्रेष्ठ, विश्व सिग्देल, रमी प्रिया, र सञ्जय सुमन रहेका थिए।

कविताहरूमा विशेषतः भुइँमान्छेको संघर्ष, जीवनका चुनौती र उनीहरूको मौन आवाजलाई प्रकट गरिएको थियो। कविताहरूले गहिरो भावनात्मक प्रभाव छाड्दै समाजको यथार्थ चित्रण प्रस्तुत गरेका थिए। कार्यक्रमको अन्त्यमा आयोजकहरूले सहभागी कवि र दर्शकहरूलाई धन्यवाद ज्ञापन गरे।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij