
नेपाल बार एशोसिएशन ईकाई चरिकोट दोलखाद्वारा प्रकाशित न्यायिक विम्ब बर्ष १ अङ्क १, २०८० मा प्रकाशित सर्बोच्च अदालतका पूर्व न्यायाधिस टोप बहादुर सिंहज्यूको “दोलखा जिल्ला बार–मेरो शुभकामना” शिर्षकको लेख पढ्ने शुभअवसर प्राप्त भयो । यसको लागि वहाँ प्रति हार्दिक आभार व्यक्त गर्दछु ।
आफु दोलखा जिल्ला नपुगेको भएपनि नेपाल बार एशोसिएशन दोलखा ईकाईका अध्यक्ष कृष्णबहादुर बस्नेतज्यूको आग्रहमा दोलखाको न्यायिक, सामाजिक र धार्मिक बिषयको बारेमा लेख लेख्नु भएको रहेछ यो झन थप खुसीको बिषय मैले महशुष गरे । र मैले पढ्दै जादा दोलखा जिल्लाको सदरमुकाम चरिकोटस्थित प्रसिद्ध भीमेश्वर भगवानको मन्दिर रहेको बर्णन गरेको पाए । यसले मलाई दुखी तुल्यायो ।
न्यायाधिसज्यूले जानाजानी यो लेख लेखको नहुन सक्छ कसैको माध्यमबाट दोलखाको बारेमा जानकारी प्राप्त गरेर लेखेको जस्तो लाग्यो । यहाँ मैले के स्मरण गर्न चाहन्छु भने नौलो ठाउँको बारेमा जिज्ञासा राखेर लेख लेख्नु राम्रो कुरा हो तर बास्तविकता बुझेर लेख लेख्नु भए राम्रो हुन्छ भनेर यहाँबाट नै अनुरोध सहीत आग्रह गरे होईन भने भएको ईतिहास विग्रन्छ र यसले थप समस्या र जटिलता निम्त्याउन सक्छ ।

यसै गरी वहाँलाई मेरो के आग्रह छ भने अवदेखि कुनै कतैको बारेमा आफ्नो अभिव्यक्ती लेखन माध्यमबाट प्रस्तुतीकरण गर्नु छ भने अलि राम्रो अध्ययन गरेर प्रस्तुतीकरण गर्नु हुनेछ भनी अनुरोध सहीत आग्रह गर्दछु ।

यसै गरी नेपाल बार दोलखा जिल्लाका बार ईकाईका अध्यक्ष कृष्ण बहादुर बस्नेतले यो कुरामा ध्यान दिनु पर्ने थियो । जुन कुरा वहाँले ध्यान नदिनुका साथै वास्ता गरेको जस्तो लागेन हुन सक्छ वहाँले दोलखाका दुई दिग्गज पत्रकार व्यक्तीत्व प्रिय मित्र चिरञ्जीवी मास्के र भाई जिवन लामालाई सम्पादनको जिम्मेवारी दिनु भएर होला ।
अव दुःख यस अर्थमा लाग्यो मलाई सम्पादनको जिम्मेवारी लिनु भएका मेरो प्रिय मित्र चिरञ्जीवी मास्के र भाई जिवनलामाले दोलखाको सदरमुकाम चरिकोटस्थित प्रसिद्ध भीमेश्वर भगवानको मन्दिर छ भन्ने हरफ पढ्ने वितिकै दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ दोलखा स्थित प्रसिद्ध भीमेश्वर भगवान भनेर सच्याई दिएको भए हुने थियो ।
तर त्यो पाईएन त्यसैले केको लागि यसरी ईतिहासलाई बग्याउन खोजेको हो भनेर मेरो जिज्ञासा रहेको छ । बरिष्ठ पत्रकार त्यो माथि प्राचिन शहर दोलखामा बाल्यकालदेखि लड्दै बढ्दै हुर्केका दुई सम्पादकले किन यसरी प्राप्त लेखलाई राम्रोसँग सम्पादन नै नगरी प्रकाशन गर्न बारलाई सहयोग गरेको होला ? यसरी लेखन दस्तावेजमा गएको कुरा भोलीको दिनमा ईतिहास बन्छ भनेर त मैले यहाँहरुलाई भनी रहनु पर्ला जस्तो लाग्दैन तैपनी गल्ती महशुष गरि हाल्नु हुन्छकी भनेर देखेको कुरालाई अभिव्यक्त गर्न खोजेको मात्र हो ।

दोलखा जिल्लाको कुनै पनी स्थानको मौलिकता, परम्परा, भाषा र संस्कृतीसँग सम्वन्धित लेखहरुलाई सदरमुकाम चरिकोटमा बसेर लेख्दा, सम्पादन गर्दा सवै कुरा चरिकोट भित्रै छ भन्ने भ्रम हामीमा हुनु भएन चरिकोट दोलखा जिल्लाको सदरमुकाम हो यसलाई त्यही अनुसार विकास गरेर लानु पर्छ भन्ने मान्यता राख्दा राम्रो हुन्छ । होईन भने सवै कुरा चरिकोटमा ल्याएर खाद्न खोज्यो भने भोलीको दिनमा ईतिहासले हामीलाई सराप्ने छ ।
प्रसिद्ध भीमेश्वर मन्दिर सदरमुकाम चरिकोटमा होईन प्राचिन शहर दोलखा अवस्थीत छ !
अन्तमा आगामी दिनहरुमा यहाँहरुले जिम्मेवारी लिएर गरेका हरेक क्रियाकलापले राम्रो सफलता हासिल गरोस् यही छ हामी सवैमा शुभकामना । जय दोलखा भीमेश्वर, जय दोलखा ।
उपेन्द्र प्रधान, दोलखा
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij