Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेलको कदम !

तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेलको कदम !

अन्ततः कसैको चलखेलले लछारपाटो लागेन, नेपाली काँग्रेसलाई कमजोर ठान्ने केही शक्तिहरूले मुसा र बिरालोको ख्याल गरे जस्तो गरेर लोखर्केलाई भैmँ वल्लो रुखबाट पल्लो रुखमा पल्लोबाट उपल्लो हाँगामा लखेट्दै कागको अण्डा चोर्न पल्केका करेत साँपहरू आफ्नै दूलोमा गुडुल्किएर बस्न बाध्य भए ।

नेपालको राजनीति एक किसिमले हिन्दीमा निर्माण गरिएको मुमिन बालकथा जस्तै लाग्थ्यो जसमा पत्याउनै नसक्ने जनावरले पनि हुबहु सिंहको नक्कल गरेर वास्तविक सिंहलाई बाँच्न र बच्नका लागि धौधौ बनाएको देखिन्थ्यो । यिनै रामचन्द्र पौडेललाई तनहुँ देखि सिंहदर्बारसम्म पुग्न बारम्बार जनताले साथ दिएपनि सिंहदरबार भित्रका लुकाउन र छिपाउन खप्पिस ब्वाँसाहरूले उनलाई न माथि उठ्न दिए न सरलरुपमा बस्न नै दिए । जहिलेपनि केही न केही तिकडम खेलेर हैरान बनाएर नेपाली काँग्रेसमा रुमल्लिन परेको थियो ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल नेपाली काँग्रेसका लागि आस्थाका प्रतिक हुन् । नेपाल िकाँग्रेसका प्रभुत्ववादी नेता विशेश्वर प्रसाद कोइरालाको सान्निध्य, त्याग र आत्मविश्वास नै राजनीतिको मूल आधार हो भन्ने सिद्धान्तका पथलाई मनैदेखि मन पराएर नेपाली काँग्रेसको मार्ग पहिल्याएका हुन् । आफ्नै पार्टी भित्रका धेरै आरोहअवरोह पार गरेर भएपनि एकपटक प्रतिनिधिसभाको सभामुख, आफ्नै पार्टीको सरकार हुँदा उपप्रधानमन्त्री समेत भैसकेका अनुभवी मास्टर हुन् रामचन्द्र पौडेल ।

उमेरले झण्डै साँढे दशकको बसन्त र शिशिरहरू पार गरिसकेका रामचन्द्र पौडेलको धारणा राजनीतिमा उमेरको लेखाजोखा हुँदैन भन्ने छ । राजनीति आलाकाँचा उमेरले परिपक्व गर्न सक्दैनन् भलै युवा उमेरका हट्टाकट्टाले देशको वागडोर सम्हाल्ने आँट किन नगरोस् तर त्यसमा शक्ति र बलले होइन दिमागी सन्तुलनको आवश्यक्ता छ भन्ने दृढतामा अडेको ६३ वर्षीय व्यक्तिले यो राष्ट्रपति जस्तो सम्माननीय पदको दुरुपयोग नहोला भनेर आशा गर्नु जायज नै होला ।

देशमा यो भन्दा पहिले एक समाजवादी पुरुष र एक साम्यवादी महिलाले राष्ट्रपति भएर जस भन्दा नि बढी अपजस खपेर १५ वर्ष त जेनतेन गुजारे जसको प्रतिफल वरिपरि भुम्मिएका आसेपासेलाई भन्दा जनता जनार्दनलाई स्पष्ट थाहा भैसकेको छ कि कसको पालोमा के के भयो भनेर अब हेर्न बाँकी छ नव निर्वाचित सम्माननीय पद पाउने रामचन्द्र पौडेलको क्रियाकलापबाट ।

नेपालको तेस्रो राष्ट्रपतिका रुपमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । नेपालको संविधान २०७२ जारी गरेर प्रथम राष्ट्रपति डा.रामवरण यादव बिदा भए भने दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल संविधान कार्यान्वयनका दृष्टिले महत्त्वपूर्ण मानिए पनि विवादरहित हुन सकेन ।

अघिल्ला दुवै राष्ट्रपतिले निर्वाह गरेका भूमिका विवादमा तानिए । डा.यादवको कार्यकालमा तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटुवाल प्रकरण निकै विवादित बन्यो । यहाँसम्म कि, सरकारले गरेको सिफारिस राष्ट्रपतिबाट कार्यान्वयन नभएको भन्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नै दिए ।

राष्ट्रपतिका रुपमा भण्डारीले निर्वाह गरेको भूमिका पनि विवादित भयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनका लागि दुई पटक सिफारिस गरे । दुवै पटक राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटनको सिफारिसलाई सदर गरिन् भने दुवै पटक सर्वोच्च अदालतले विघटन असंवैधानिक रहेको भन्दै बदर गरिदियो ।

राष्ट्रपतिले संविधानको मर्म र भावना अनुरुप आफ्नो भूमिका निर्वाह गर्न नसक्दा आलोचनाकै क्रममा उनीहरूको जीवनशैलीलाई समेत चियोचर्चा र टिप्पणीको विषय बनाउने क्रम बढ्न थाल्यो । यतिबेला त शीतल निवासबाट राष्ट्रपति बाहिर निस्किँदा पनि सडक अवरुद्ध हुने गरेको भन्दै चर्को असन्तुष्टि देखिन थालेको छ ।

समग्रमा राष्ट्रपति पदको गरिमा नै घट्दो देखिन्छ । कतिपयले राष्ट्रपतिको शैली पूर्वराजाहरू जस्तो देखिएको भन्न थालिसकेका छन् । गणतन्त्र पनि राजतन्त्र जस्तै देखिन थालेको भनेर समेत कतिपयले टिप्पणी गरिरहेको पाइन्छ । यसले कुनै न कुनै रुपमा संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी जनमत बनाइरहेको देखिन्छ ।

यो अवस्थामा नवनिर्वाचित राष्ट्रपतिले राष्ट्रपति पदकै गरिमा बढाउनेमात्र होइन, संघीय लोकतमन्त्रिक गणतन्त्रविरुद्ध देखा परिरहेको जनमतलाई आफ्नो व्यवहार र आचरणले निष्तेज तुल्याइ संविधानको संरक्षकको भूमिकामा आफूलाई खरो उतार्न जरुरी देखिन्छ । अबको चरणमा नवनिर्वाचित राष्ट्रपतिले यी निम्नलिखित कुरालाई कसरी हृदयङ्गम गर्ने हो त्यो भने हेर्न बाँकी नै छ ।

पहिलो : दल विशेषको ‘टिका’ बाट कसरी मुक्त हुने
दोस्रो : उदाहरणीय जीवनशैलीको तरिकालाई प्रोत्साहित पार्ने,
तेस्रो : सकारात्मक हस्तक्षेप बाहेक अन्यत्रका शक्ति र नाताबाट टाढा रहने,
चौथो : अन्तर्राष्ट्रिय सम्बन्धमा गैह्र जिम्मेवारीपूर्ण सनदेश प्रवाह नगर्ने,
पाँचौँ : एकताको प्रतीक बन्ने र बनाउनमा आफ्नो क्षमता प्रदर्शन गर्ने ।
अन्तमा,
जे होस् विभिन्नखाले शंका र उपशंकाको पर्खाल तोडेर अधिकांश प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदश्यहरूको मन जितेर सम्माननीय राष्ट्रपतिको आसनमा बस्न सफल हुनभएकोमा रामचन्द्र पौडेलज्यूलाई हार्दिक बधाइ चढाउँदै अबका दिनमा देशमा नयाँ आयाम सहित उद्योगधन्दा चलाउनका लागि गतिशिल कदम उठाइयोस् यही हाम्रो शुभकामना छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार