नोभेम्बर १४ विश्व मधुमेह दिवसको अवसरमा
कोहि भन्छन यस्लाई डाईविटिज
कोहि कोहि भन्छन यस्लाई सुगर
कोहि भन्छन यस्लाई मधुमेह पनि
कोहि भन्छन यस्लाई चिनिरोग भनी ।
मधुमेह रोग लाग्यो भने ….
ओठ, मुख अनि घाँटी धेरै सुकिरहन्छ
छिन छिनमा पिसाव लाग्छ रोके चुहिरन्छ
भोक ,प्यास धेरै लाग्छ पसिना नि आउछ
मधुमेह रोगका लक्षण यिनै हुनभनी कहिरन लाउछ।
मधुमेह रोग लाग्यो भने….
कसैलाई बंशानुगत सर्दै आउदो रैछ
कसैलाई विरामि हुदा देखाउदो रैछ मोटाघाटा,अल्छीलाई यस्ले छुदो रैछ
खानपान र जीवनशैलिले नि हुदो रैछ ।
मधुमेह रोग लाग्यो भने….
वेलैमा उपचार अनि पथ परहेज गरे
दैनिकिलाई सक्रियपार्न सधैंअघिसरे
भोकै कहिल्यै नवसेर ठिक्क खानेगरे मधुमेहलाई तहलगाई वाच्न सकिन्छरे।
मधुमेह रोग लाग्यो भने….
बेलैमा होस नपुर्यायि लापर्वाहि गरे
आँखा,मुटु,किड्नि सखाप गर्ला भरे
उच्च रक्तचापले ढाल्ला कुनै पनिवेला
अनेकौं रोगको जड मधुमेहको खेला
मधुमेह रोग लाग्यो भने….
मनमा चिन्ता तनाव केही लिनु हुन्न
शरिरमा अनावश्यक दवाव दिनु हुन्न
शान्त चित्त प्रशन्नताले अध्यात्मको चिन्तन
मधुमेहलाई परास्त गर्न यहि सल्लाह दिन्छन ।
मधुमेह रोग लाग्यो भने….
गणेश कुमार श्रेष्ठ
हेटौडा–४ चिल्ड्रेनपार्क
२०७९/७/२८
नोभेम्बर १४ विश्व मधुमेह दिवस
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij