११ भाद्र २०७९, बाँपिझ्याला काठमाडौं ।
आज भाद्र कृष्ण औंसी । नेपाली साहित्य जगतका अद्धितिय व्यक्ति युवा कवि मोतीराम भट्टको जन्म र मुत्युको एउटै तिथिको दिन । नेपाली साहित्यको फाँटमा गजलको शुरुआत गर्ने श्रद्धेय कवि स्वर्गीय मोतीराम भट्टको १५६औं वर्ष पूरा भएको दिन पारेर काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरको ख श्रेणीको कक्षमा एक गजलको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।
त्रिभूवन विश्व विद्यालयका प्राध्यापक डाक्टर एवम् गीतकार तथा गजल रचनाकार आदरणीय कृष्ण हरि बरालज्यूको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रमको सभापतित्व नेपाली साहित्यकारहरूको समूहमा आवद्ध हुनुभएका व्यक्तित्व रुपक अलंकारज्यूले गर्नु भएको थियो । उक्त कार्यक्रममा विशेष अतिथिको भूमिकामा नेपाली सांगितिक जगतका प्रखर गजल गायक एवम् संगीतकार आनन्द कार्कीज्यू, साहित्यकार एवं गजल रचनाकार भोजराज घिमिरेज्यू, डाक्टर हेमनाथ पौड्यालज्यू र संगीतकार संतोष श्रेष्ठ हुनुहुन्थ्यो भने अतिथि गणमा उक्त गजल एल्बमका गजल गायक शिव परियार तथा गायिका निशा देशार हुनुहुन्थ्यो ।
आजको उक्त कार्यक्रमको मुख्य आकर्षक भनेको नेपालमा उदाउँदो गजल रचनाकार युवा स्रष्टा घनेन्द्र ओझाको शब्द रचनामा तैयार पारेको शुभेच्छा नामक शास्त्रीय बहरबद्ध गजल एल्बम हो । यस एल्बममा ५ वटा गजलहरू समावेश गरिएका छन् । ती पाँचवटै गजलमा अघिल्ला चरणका पुस्तेनी चर्चित लोकप्रिय गायिका आदरणीय ज्ञानु राणाज्यू, दोश्रो पुस्ताका गजल गायक श्रद्धेय आनन्द कार्कीज्यू, तेश्रो पुस्ताका युवा गायक शिव परियारज्यू, चौथो पुस्ताकी नव प्रतिभाशाली गायिका अस्मिता अधिकारी र संगीतकार स्वयंले पनि यस एल्बमका गजलहरूमा स्वर दिनुभएको छ ।
आजको कार्यक्रममा आमन्त्रित व्यक्तिहरूको खासै उपस्थिति नदेखिएपनि कार्यक्रम निकै रोचक र सांगितिक माहोलमा सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित व्यक्तित्विहरूलाई स्वागत मन्तव्य महिलाको तर्फबाट राधा कँडेलज्यूले गर्नुभएको थियो भने मन्तव्यको क्रममा साहित्यकार भोजराज घिमिरेज्यूले समीक्षत्मक टिप्पणी सहित एल्बममा देखिएका कमि कमजोरीलाई सुधार गर्नुपर्ने सुझाव राख्नु भएको थियो ।
त्यसैगरि प्रमुख अतिथि प्राध्यापक डाक्टर कृष्णहरि बरालज्यूले ‘शास्त्रीय’ शब्दको व्याख्यात्मक टिप्पणी प्रस्तुत गर्नुहुँदै ‘बहर’ शब्द गजल लेखनमा प्रयोग भएपनि यो एक किसिमले छन्दात्मक शैलि भएको र शब्द जसरी कोरिए पनि संगीतमा ढालि सकेपछि केही शब्द तलमाथि हुनसक्छ र जे लेखिन्छ त्यही शब्दलाई प्रयोग गरेर गजल गाउन लगाउँदा गानाको ताल र लयमा फिका हुनसक्ने भएकोले बहरबद्ध नै हुनपर्ने आवश्यक नहोला तर गजल वाचन गर्दा भने गजलको नियम सिमाभित्र रहँदा उत्तम हुनेछ भन्नुहुँदै पाकिस्तानी र हिन्दुस्तानी गजल गायकहरू गुलाम अलि, जगजित, पंकज उदासले गाएका गजलको उदाहरण प्रस्त«त गर्नु भएको थियो ।
यस एल्बम निर्माणको समूहलाई डाक्टर हेमनाथ पौड्यालज्यूले पनि शुभकामना मन्तव्य दिनु भएको थियो भने आजको यस गजल एल्बमका शब्द रचनाकार घनेन्द्र ओझाज्यूले आफ्ना अग्रज गुरुज्यूहरूले दिनुभएको सुझावलाई मनन गर्नुहुँदै आगामी दिनमा सुधार गर्दै जाने वचन व्यक्त गर्नुभएको थियो । त्यसैगरि संगीतकार संतोष श्रेष्ठज्यूले आपूmले जानिनजानी भएपनि अग्रज व्यक्तित्वहरूको राय सल्लाह लिएर तैयार गरिएको उक्त एल्बमको गीतमा शब्द रचना गर्नुहुने घनेन्द्र ओझाज्यूको सल्लाह र अनुरोध अनुसार चार पुस्ताका गायिका तथा गायकहरू जम्मा गरेर यो एल्बमलाई अगाडि ल्याउन सफल भएको बताउनु भयो ।
यस एल्बममा ज्ञानु राणा, आनन्द कार्की, निशा देशार, शिव परियार, संतोष श्रेष्ठ तथा अस्मिता अधिकारीले स्वर दिएका छन् भने संतोष श्रेष्ठको संगीत, देवेन्द्र नेवाःको म्युजिक एरेन्ज, प्रकाश मिश्रको मिक्सिङ मास्टरिङ्, अजयसिंह अधिकारीले रिकर्डिङको काम गरेका छन् । यस गजलको सम्पूणृ रिकर्ड अकिस्टिक स्टुडियोमा भएको हो । कार्यक्रमको अन्तमा यस कार्यक्रम सभाका सभापति रुपक अलंकारज्यूले कार्यक्रममा सोचे अनुरुपको दर्शकदीर्घामा त्यत्ति दर्शक नभएपनि थोरै खानु मीठो मान्नु सरहको महशुस भएको बताउनुहुँदै सभालाई विसर्जन भएको घोषणा गर्नुभएको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij