Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

हुने हार दैव नटार !

हुने हार दैव नटार !

बिके श्रेष्ठ ‘पासा’

मान्छे सलह पनि बन्न सक्छन्,
मान्छे कलह पनि गर्न सक्छन्,
किनकि मान्छे जन्मजात नै..
विद्रोह गरेरै जन्मेका हुन् ।

मान्छेलाई कहिल्यै केही पुग्दैन,
मान्छेलाई जे गर्दा नि हुँदैन,
किनकि मान्छेमा सन्तुष्टि के हो.
त्यो बुझ्ने क्षमतानै हुँदैन ।

मान्छे कुर्सी पाए पूmर्ति गर्छ,
मान्छे चुस्की पाए घुर्की लाउँछ,
किनकि मान्छेमा लोभ भै हाल्छ,
त्यसैले त अपुगले छाडेदैन ।

कोरोनाले समायो नपत्याउने,
ओमिक्रोनले पछ्यायो नटेर्ने,
अब एमसिसीले नि लखेट्दैछ,

अझै मान्छे अन्धाधुन्द कुर्लँदैछ ।
मान्छे निहुँ खोजुवा पनि त्यत्तिकै,
मान्छे जिउ बेचुवा पनि त्यत्तिकै,
मान्छे घीउ खञ्चुवा नि उत्तिकै,
मृगतृष्णामा भगुवा नि त्यत्तिकै ।

दैवको लीला छ यहाँ अपरम्पार,
अनिकालले सताउने बारम्बार,
गज्जबको छ हो यो संसार,
हुने हार छ सँधै दैव नटार ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार