Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

आँसुको मुल्य

आँसुको मुल्य

गहिराे छ महासागर टिलपिल भरिएकाे छ पानी ।
कम्पनले छचल्किन्छ किनारामा बाहिरिन्छ पानी ।
बाहिरिएकाे पानीले तहसनहस बनाउँछ जिन्दगानी ।
माथि छ निलाे गगन हरियाे छ महासागरकाे पानी ।
उत्पत्ति हुन्छ पृथ्वीमा हामीलाई चाहिने हावा र पानी ।
यी दुवैकाे साहारामा अडेकाे हुन्छ हाम्रो जिन्दगानी ।

समुन्द्र भन्दानी गहिरो छ हाम्रो अाँखाकाे नानी ।
अाँखाकाे नानीमा अडेकाे हुन्छ भावनाकाे पानी ।
भावनामा चाेट लाग्दा छचल्किन्छ अाँशु भई पानी ।

भावनाकाे चाेटले बस्छ दाग मनमा अाँशुकाे पानी ।
खतलाई काेट्टाई दिए झन वर्षिन्छ अाँखामा पानी ।
त्यही अाँखाकाे पानीले वर्वादै पार्छ सवैकाे जिन्दगानी ।

अाँखाकाे अाँशु ~ भावनाकाे संवेगमा वहन्छ पानी ।
अाँखामा वहन राेकेनी मनमा वहि रहन्छ अविरल पानी ।
मनमा शान्ति नभई थामिदैन केही गरि अाँशुकाे पानी ।

भावनाकाे चाेटकाे अाँशु नुनिलाे नमिठाे हुन्छ पानी ।
सन्तुष्टिमा खुसीकाे अाँशु मिठाे गुलियो हुन्छ पानी ।
यहि गुलियो नुनिलाेमा अल्मलिएकाे हुन्छ जिन्दगानी ।

भावनाकाे मूल्य अमूल्य हुन्छ जतिछ पानीकाे मूल्य ।
महासागरकाे पानि भाँडाेमा भरि ताेकिन्छ अनि मूल्य ।
अाँशूकाे पानी भावनाकाे भाँडाेमा नापेर नापिदैन मूल्य ।
अाँशुकाे मूल्य कहिं कतै छैन, छ त संसारकै अमूल्य !

-अधिवक्ता, नाेटरी, मेलमिलापकर्ता र वालमनाेविज्ञ
श्यामकृष्ण मास्के
दाेलखा, नेपाल ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार