२ कार्तिक, बाँपीझ्याला, काठमाडौँ । पर्वले बोकेको सामाजिक सद्भावको पक्षलाई पुस्तान्तरण गर्न काठमाडौँ महानगरको वडा ३ ले आज सामुहिक टीका र जेष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरेको छ । पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल, महानगरका प्रमुख विद्यासुन्दर शाक्य र वडाध्यक्ष दीपक के. सी. ले दोसल्ला ओढाएर र रुद्राक्षको माला लगाइदिएर सम्मान गरिएको थियो । त्यसपछि जेष्ठ नागरिकहरुको हातबाट टीका ग्रहण गर्नुभएको थियो ।
टिका ग्रहण तथा सामूहिक जेष्ठ नागरिकको सम्मानको अवसरमा पूर्व उपप्रधानमन्त्री पोखरेलले, दशै पर्वले सबै भाषाभाषी र जातजातिलाई सामाजिक सद्भावको सुत्रमा बाँधेको उल्लेख गर्नुभयो । यो आपसी सम्बन्ध स्थापना गर्ने समय पनि हो । जातजाति र भाषाभाषीकाविच आपसी दुःख सुख र सौहाद्र्रताका लागि दशैँ पर्वले ठूलो भूमिका खेलेको छ । यसको सवल पक्षको प्रयोग गर्ने कामलाई वडाले अघि बढाउनु उदाहरणीय काम हो भनी पोखरेलले भन्नु भयो ।
जेष्ठ नागरिकको सहज जीवनका लागि काठमाडौँ महानगरपालिकाले महानगर विशेष भत्ताको व्यवस्था गरेको छ । कार्यक्रममा महानगरका प्रमुख शाक्यले भन्नुभयो, हरेक वडामा जेष्ठ नागरिक मनोरञ्जन केन्द्र बनाउँदै छौँ । जेष्ठ नागरिकमैत्री पार्क निर्माण गर्दैछौँ । स्वास्थ्य उपचारलाई सहज बनाउने प्रणाली विकास गर्दैछौँ ।
दशैको टीकालाई समावेशी बनाउन खोजेका छौँ । यहाँ हामीले जात छुट््याएका छैनौँ । वडामा भएका जुनसुकै जातका भए पनि जेष्ठ नागरिकलाई बोलाएका छौँ । सबैले सबैलाई टीका लगाइदिनुहुन्छ । यसै गरी वडाध्यक्ष के. सी. ले भन्नुहुन्छ, यसलाई हामीले वडाका क्रियाकलापका रुपमा चलाएका छौँ ।
हरेक वर्ष दशैँमा वडामा भएका बुबाआमाहरुबाट सामुहिक रुपमा शुभकामना लिने चलन चलाएका छौँ ।
उक्त कार्यक्रममा ६५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । उहाँहरुले विशिष्ट व्यक्तित्वहरुसँगै आगन्तुकलाई टीका लगाएर आशीर्वाद दिनुभएको थियो । अन्तमा उहाँहरुलाई खीरसहित भोजनको व्यवस्था गरिएको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij