नेपाल सम्वत् ११४६, अनलाथ्वः १२ द्वादसी (१४ जेष्ठ, २०८३, २८ मे, २०२६) बिहीबार, बाँपिझ्याला । नेपालमै पहिलो पटक निर्माण गरिएको साइन्स फिक्सन सिरिज “कुरू”को टिजर सार्वजनिक गरिएको छ । कीर्तिपुरस्थित उमामहेश्वर प्राङ्गणमा आयोजित कार्यक्रममा सिरिजको टिजर सार्वजनिक गरिएको हो । युवा निर्देशक प्रदीप खड्गीको निर्देशन तथा फोकस फिक्चर्सको ब्यानरमा तयार गरिएको यो सिरिज ८ भागमा निर्माण गरिएको छ ।
निर्देशक खड्गीले दुई वर्षको मेहनत, धैर्य र समर्पणपछि नेपाली फिल्म क्षेत्रमा नयाँ प्रयोग सफल भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गरेका छन् ।
सिरिजमा तन्त्र साधना, देवता, दानव, अन्तरिक्ष तथा काल्पनिक ब्रह्माण्डसँग सम्बन्धित कथा प्रस्तुत गरिएको छ । नेपाली समाजमा प्रचलित बोक्सी, झाँक्री र जामनः गुभाजु जस्ता पात्रलाई आधुनिक साइन्स फिक्सन शैलीमा प्रस्तुत गर्ने प्रयास गरिएको निर्माण टोलीले जनाएको छ ।
सिरिजमा सम्यक र बिसम्यक देव, मनुष्य तथा दानव (मुटेन्ट) बीचको कथा समेटिएको छ । निर्माणमा अन्तत कुमार श्रेष्ठ र नेपग्याज्मको सहकार्य रहेको छ ।
सिरिजमा सुशील राजोपाध्याय, भिन्तुना जोशी, अर्पण तामाङ, लोमन सागर रेग्मी, प्रविण बजगाईं, यशजंग बोगटी, सनिश शाक्य, रुवेन खड्गी, सुरज व्यन्जनकार, रोजिना सुवाल, सुचित्रा उप्रेती, लक्ष्मीकुमार महर्जन, विनेश श्रेष्ठ तथा अनु खड्का लगायत कलाकारहरूको अभिनय रहेको छ ।
हलिउड प्रोजेक्टमा काम गरिसकेका सन्तोष केसीलाई भिएफएक्स सुपरभाइजरको रूपमा अनुबन्ध गरिएको छ भने सिरिजको छायांकन शंकर महर्जनले गरेका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij