Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

अभिनेत्री पूजा शर्मा बिहेसँगै चर्चाको शिखरमा

अभिनेत्री पूजा शर्मा बिहेसँगै चर्चाको शिखरमा

नेपाल सम्वत् ११४६, थिंलागाः ३ तृर्तिया (२१ मंसिर, २०८२, ०७ डिसेम्वर, २०२५) आईतबार, बाँपिझ्याला । सेलिब्रेटीहरू आफ्नो बैवाहिक समारोहलाई विशेष बनाउन कुनै कसर बाँकी राख्दैनन्। बिहेलाई भव्य बनाउन उनीहरू अनेक प्रयास गर्छन्। शनिबार भएको अभिनेत्री पूजा शर्माको बिहेमा केही रोचक दृश्यहरू देखियो, जसको कारण उनी अहिले निकै चर्चामा छन्। 

शनिबार साँगाको एउटा पाँचतारे होटलमा पूजा शर्मा र युद्ध बानियाँको बिहे समारोह आयोजना गरिएको थियो। होटलबाहिर स्वयम्बर चलिरहेको थियो, जसकारण वरिपरि परिवार, आफन्त र चलचित्रकर्मीहरूको बाक्लो उपस्थिति हुने नै भयो।


यो भव्य समारोहमा पूजा र युद्धले औंठी साटासाट गरे लगत्तै एकाएक आकाशमा हेलिकोप्टर देखियो। जहाँबाट सयपत्री फूलहरू खसालियो। हेलिकोप्टर सयपत्री फूलहरू खसालिएपछि सबै आकाशतिर हेरेर रमाए। क्यामेरा निकाल्दै फोटो र भिडिओहरू खिच्न थाले।

पूजा र युद्धको विवाह समारोहमा करिब चारपाँच मिनेटसम्म आकाशबाट पुष्पवृष्टि गराइयो। जुन भिडिओहरू यतिखेर टिकटकदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार